बागलुङ, १९ असोज – तीन चरणमा गरी देशभरका ७५३ स्थानीय तहमा ३५ हजार ०४१ प्रतिनिधि निर्वाचित भइसकेका छन् । वैशाख ३१, असार १४ र असोज २ गते भएको निर्वाचनमा सबैभन्दा धेरै एमालेका १४ हजार ९८ प्रतिनिधि निर्वाचित भएका छन् । यो प्रमुख|अध्यक्ष, उपप्रमुख|उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको कुल आँकडा हो ।
दोस्रोमा नेपाली कांग्रेसका उमेदवार ११ हजार ४९७ उमेदवार विजयी भएका छन् भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका ५ हजार ४४१ उमेदवारले जित हासिल गरे । जसमा प्रतिशतका आधारमा एमालेले ४०.२३ प्रतिशत, कांग्रेसले ३२.६९ प्रतिशत र माओवादीले १५.५३ प्रतिशत उमेदवार विजयी बनाउन सक्यो । कांग्रेसभन्दा एमालेका २ हजार ६ सय १ बढी उमेदवार विजयी भएका छन । स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको छ ।
कांग्रेसभन्दा एमालेका २ हजार ६ सय १ बढी उमेदवार विजयी
Previous Articleसिद्धार्थ राजमार्गमा पुन: पहिरो, सवारीसाधन ठप्प
Next Article नेपाल आइडलकी प्रमिला राईको पहिलो गीत सार्वजनिक