बागलुङ, १९ असोज – सहरी बिकास मन्त्रि प्रभु शाहले सहरी पुर्वाधारले मात्र स्मार्ट सिटि नबन्ने वताएका छन । हिमालयन म्युजिक ईन्मेन्ट म्यानेजमेन्ट प्रालिले गलकोटमा आयोजना गरेको प्रथम गलकोट सास्कृतिक महोत्सव २०७४ को उदघाटन गर्दै मन्त्रि शाहले यस्तो वताएका हुन । आर्थिक उत्पादन र आर्थिक जिवनलाई सवल बनाउने बिभिन्न कार्यक्रम गर्दै ब्यवस्थित सहर निर्माण गर्न सके मात्र टिकाउ स्मार्ट सिटि हुने मन्त्रि शाहको भनाई थियो ।
नगरभित्रका सम्पुर्ण सम्भाब्यतालाई अध्ययन गरि अधिकतम उपयोग गर्दै आर्थिक स्तर र भौतिक निर्माणमा जोड दिनुपर्ने वताए ।
मन्त्रि शाहले गलकोट नगरपालिका पर्यटन र जलबिद्युतको महत्वपुर्ण सम्भावना भएको क्षेत्र भएकाले उक्त क्षेत्रमा लगानि गरि यहाँका नागरिकको जिवनस्तर उकास्न आग्रह गरे । मध्यपहाडी लोकमार्ग सँग जोडिएको गलकोट नगरपालिकाको बिकासका लागी सहरी बिकास मन्त्रालयले योजना बनाएर सम्भाब्यता अध्ययन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । मन्त्रि शाहले गलकोट नगरपालिकामा सभाहल निर्माणका लागी पहल गर्ने वताए।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य देबेन्द्र पौड्याल, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार श्रीकृष्ण बम मल्ल, शिव हमाल, चोलेन्द्र पौडेल, ज्योति लोहनी, ईश्वर सिह लगायतको साँगितिक प्रस्तुति रहेको थियो । कार्यक्रम स्थानिय कार्यक्रम संयोजक हर्क पाण्डेको अध्यक्षता, सचिव रामप्रसाद कडेलको स्वागत मन्तब्य, बिर बहादुर चोखाल र घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleयसरी सम्भव भयो बामएकताको ११ वर्षे प्रयास
Next Article सिद्धार्थ राजमार्गमा पुन: पहिरो, सवारीसाधन ठप्प