११ असोज, बागलुङ–निर्वाचन पश्चात विकासका मोडलको बारेमा चर्चा चलिरहेका बोला जनप्रतिनिधिलाई सहयोग पुग्ने गरी यहाँका एक प्राध्यापकले बागलुङ विकासको मोडल बजारमा ल्याएका छन् । धौलागीरी बहुमुखी क्याम्पस बागलुङमा अध्यापनरत प्रध्यापक डा. सुदर्शन सिलवालले बागलुङ विकासको मोडल पुस्तक बजारमा ल्याएका हुन् ।
जिल्लाको भुगोल तथा प्राकृतिक स्रोत, सडक, आर्थिक स्थिती, मानव स्रोत लगायतका बिषयमा सुक्ष्म अनुसन्धान गरी बागलुङ विकासको मोडल तयार पारिएको लेखक सिलवाले बताए । निर्यातको लागि आवश्यक सडक, मानव स्रोत, शिक्षा र अर्थ व्यवस्थापनको पाटोलाई मुल बिषय बनाएर विकास मोडल तयार पारेको उनको भनाई छ । बागलुङका हरेक क्षेत्रलाई गहिराईबाट नियालेर विकासको मोडल प्रस्तुत गरेको सिलवालले भनेका छन् । दिगो विकासका लागि आवश्यक स्रोत साधान र जनशक्ति लगायतका बिषयमा अध्ययन गरेर पुस्तक तयार पारिएको उनको भनाई छ । सिलवालले २ बर्ष लामो समय लगाएर तयार पारेको पुस्तकको मंगलबार बागलुङमा बिमोचन गरिएको छ । पुस्तकको बिमोचन गर्दै जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुङ्गानाले बिज्ञ बर्गबाट सुझावको रुपमा प्रस्तुत हुने यस्ता नमुना योजनाहरु जनप्रतिनिधीको लागि सहयोगी बन्ने बताए ।
सोही अवसरमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बिज्ञ बर्गको सहयोग र सुझावले नै स्थानिय निकाय समृद्ध बन्ने बताए । पुस्तक बिमोचनको चाजो मिलाएको नेपाल बुद्धिजिवी परिषद बागलुङले स्थानिय सरकारले योजना निर्माण गर्दा पुस्तकलाई आधार बनाउन सक्ने बताएको छ । बागलुङ विकासका मोडल नाम दिएको नेपाली भाषाको पुस्तकसँगै सिलवालद्धारा नै लेखिएको ःगलष्अष्उब िनयखभचलmभलत ाष्लबलअभ नामक अंग्रेजी भाषाको किताब समेत बिमोचन भएको छ । देशका पुरानो संरचना अनुसार ५७ नगरपालिकामध्ये पश्चिमाञ्चलका १२ नगरपालिकालाई आधार बनाएर यो पुस्तक तयार पारिएको छ । नगरपालिकाका आम्दानी र खर्चको बिषयमा अध्ययन गरेर किताब तयार पारिएको सिलवालले बताए ।
सिलवालद्धारा लिखित दुबै किताबको धौलागीरी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिनबहादुर थापाले टिप्पणी गरेका थिए । किताबको टिप्पणी गर्दै थापाले स्थानिय सरकार र जनप्रतिनिधिको लागि योजना तयार गर्दा किताब सहयोगी बन्ने बताए । बिमोचन कार्यक्रममा समाजसेवी विश्वनाथ रेग्मी, बानपा–९ का वडाध्यक्ष गणेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टिका टिकाराम सापकोटा, नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मना केसी र, नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली लगायतले बोलेका थिए । नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्यसमिती अध्यक्ष डा. सुदर्शन सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष पावर्ती सापकोटाले गरेकी थिइन् ।
Previous Articleकोरिडोरको टाकुरी–पालुङ्खोला ट्रयाक खुल्यो
Next Article दशैमा असहज यात्रा, सवारीमा सिट छैनन्