म्याग्दी–जिल्लाको मालिका–६ दरबाङ्गको भगवती मन्दिरमा रहेको करिब ८० बर्ष पुरानो ऐतिहासिक मुर्ति चोरी भएको छ । मध्यरातमा मन्दिरको ढोकामा लगाइएको ताला फुटाएर मुर्ति चोरि भएको मन्दिरका पुजारी जयश्वर सुवेदीले जानकारी दिए । करिब ८० बर्ष पहिले शेरबहादुर शेरचनले उक्त मुर्ति प्रतिस्थापना गरेका थिए । बिहीवार घटस्थापना दिन सरसफाई एबम जमरा राख्ने भनी मन्दिरमा जाँदा मन्दिरभित्र रहेको करिब छ केजी बराबर तौल र १० इञ्च बराबरको अग्लो पिटलबाट निर्मित भगवती देवीको मुर्ति नभएको पुजारी सुवेदीले बताए । उनका अनुसार, उक्त मन्दिरको ढोका चैते दशै तथा वडादशै गरि बर्षमा दुई पटक खोलिने गरिएको छ । बर्षमा दुई पटक मात्र खोलिने र मन्दिर एकान्त ठाउँमा रहेकाले उक्त मुर्ति कहिले चोरी भएको भन्ने पूर्ण रुपमा पत्ता लगाउन समस्या भएको छ । मन्दिर व्यवस्थापन समितिले मुर्ति चोरीका विषयमा प्रहरीले जानकारी गराएको छ । ईलाका प्रहरी कार्यालय दरबाङ्गका प्रहरी निरक्षक शेखर खड्काले चोरी घटनाका विषय अनुसन्धान सुरु भएको बताए । ‘शंकास्पद व्यक्तिहरुको विषयमा हामीले अनुसन्धान गरेका छौँ’, उनले भने ।
Previous Articleश्रीलंकाका बालबालिका युरोपमा बेचिएको खुलासा
Next Article ब्लुटुथ अन राख्दा ह्याक हुनसक्छ फोन