९ असोज, काठमाडौं । भारतले इन्दौरमा भएको तेस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई ५ विकेटले हराएको छ । यससँगै दुई खेल अघि नै पाँच म्याचको श्रृखला ३–० ले आफ्नो पक्षमा पारेको भारत एकदिवसीय र्याङकिङमा शीर्ष स्थानमा पुगेको छ ।
अष्ट्रेलियाले दिएको २९४ रनको लक्ष्य भारतले ४७.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका हार्दिक पाण्डेयले ७८, रोहित शर्माले ७१ र अजिन्क्या रहानेले ७० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो । उसका आरोन फिन्चले १२४ रन बनाउँदा स्टीभ स्मिथले ६३ रन बनाए । यो जितपछि भारत १२० अंकका साथ एकदिवसीय र्याङकिङमा शीर्ष स्थानमा उक्लिएको छ ।
Previous Articleफस्टाउँदो अबैध कारोबार,अवैध चाँदीसहित भारतिय पक्राउ
Next Article श्रीलंकाका बालबालिका युरोपमा बेचिएको खुलासा