बागलुङ, ८ असोज –जिल्लाको काठेखोला गाउँ पालिका–७ सिरेदीमा आइतवार जिर्प दुर्घटना भएको छ । दुर्घटनामा परि जिपमा सवार ४ जना सामान्य घाइते भएका छन् । काठेखोला गाउँपालिकाबाट बागलुङ बजारका लागि छुटेको ग १ ज ६१९४ नंवरको यात्रुबहाक जिव अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पजि जिपका चालक प्रकाश थापा, यात्रुहरु युवराज थापा, मनमायँ थापा गौरा थापा, र सिता थापा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धौलागीरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि घर फर्केको प्रहरी नायव उपरिक्षक बिश्वराज सिंह थापाले बताए । बाटो चिप्लो भएका कारण अनियन्त्रि भएको जिप सडक देखी १५ मिटर तल खसेको जनाइएको छ ।