बिहिबारदेखि नेपालीको घरआँगनमा नवदुर्गाको आगमन भएको छ । दशैं पहिलेका दश दिनमध्यको पहिलो दिन घटस्थापना हो । यसलाई नवरात्रको पहिलो दिन पनि भनिन्छ । बिहिबारबाट सुरु भएको दुर्गा पुजाको क्रम दशमीको दिनसम्म चल्छ । बिभिन्न शक्तिका प्रतिक नवदुर्गाहरुको पुजा आजापछि दैत्यहरु सँगको बिजयको उत्सव स्वरुप हामीले बिजयादशमी मनाउने चलन रहिआएको शास्त्रहरुमा उल्लेख छ । नवरात्री नेपालीहरुको विशेष समय हुने गर्छ । यो समयमा देश–बिदेशमा रहेका नेपाली घर फर्कनेदेखी घर आँगन सिंगार्न समेत लागेका हुन्छन् । बर्षातको अन्त्य र हिउँदको आँगमनसँगै मौसममा हुने परिवर्तनले पनि यो समयको गरिमालाई उचो बनाएको छ । बिशेषतः नवदुर्गाको समय पारेर सिंगारिने नेपाली घरहरु चिटिक्क पर्न थालेका छन् ।
बर्षभरि रोजगारीको शिलशिलामा घरगाउँ छोडेकाहरु दशैंको मौका पारेर घर फर्केकाले घरगाउँ कमेरो र गेरुले मात्रै होइन जोसिला युवाको आगमनले पनि चम्किलो देखिन्छन् । उत्साह र उमंगको यो मौषमलाइ छोपेर बर्षभरिका चाहना र इच्छाहरुलाई पुरा गर्ने मनहरु पनि छन् । नेपाली समाजको चलन दशैंको बेला मिठोमसिनो खानु पर्ने अनि नयाँ लुगाफाँटो लगाउनुपर्ने छ । बर्षभरि जनतन छाक टारेकाहरुले पनि यो समयमा केही न केही नयाँ गर्ने सोच राख्छन् । हुँदा खाने र हुने खानेको समिश्रण रहेको हाम्रो समाजमा कतिपय अवस्थामा यस्ता चार्डपर्वहरुले ठुलो खाडल निर्माण गरेका हुन्छन् । दशैको बेला मात्रा मासु खानै पर्ने, लुगाकपडा फेर्नै पर्ने र सकेनसके पनि तडकभडक देखाउनै पर्ने गलत संस्कारका कारण भने आर्थिक अवस्था कमजोर हुनेलाई सास्ती हुने गर्छ । ऋण काढेर दशै मनाउने परम्परालाई भने बिस्थापित गर्नुपर्ने सरोकारवालाको भनाई छ । लाउने र खाने चार्डवाडको बेला मात्र हैन हुँदा र पुग्दा हामीले जहिले पनि आफुलाई आवस्यक बस्तु तथा सेवाको प्रयोग गर्न सक्छौं । खर्चलाई कम गरौं तर पर्वलाई उल्लासमय बनाएर हामीले चार्ड मान्न सक्छौं । बिना खानपानको पनि हाम्रो बर्षौपछि हुने आत्माको मेल निकै उल्लासमय बन्न सक्छ ।
फाटेको चोली र उध्रेको सुरवालले पनि हामीलाई चार्डपर्व नमनाउ खुशी नवनौ भन्दैन् । हाम्रो भान्सामा महंगो खसीको मासु नपाक्दा पनि जंगलको तिते तामाले हाम्रो चार्ड रसिलो बन्छ । झिनुवाका खाजा नपाके पनि मकैको आटोको कमी कहिल्यै हामीलाइ हुदैन् । हामीले हाम्रो खानपान र रहन सहनलाई कस्तो बनाउने भन्ने आफैले निक्र्याेल गर्ने कुरा हो , थोरै खर्चमा बिना भड्किलो चार्डमा पनि हामीलाई आसिस लिन कसैले रोक्न सक्दैन । आस्था सबैको एकै हो । संकारलाई बिगारेर बनाइएको खर्चिलो परिपाठीको अन्त्य गर्दै कम खर्चमा उत्साहित मनले मनाएको दशैं सबै र सधैंका लागि फलदायी बन्ने छ । दशैंलाई दशाको रुपमा विकास गर्ने हाम्रो कलुसिल मानसिकतालाई अब परिवर्तन गर्न जरुरी छ । अवसरको रुपमा दशैंलाई प्रयोग गर्न सिकौं । यसैमा सबैको भलो हुनेछ ।
Previous Articleके हुँदैछ म्यान्मारमा ?
Next Article जनएकता वचत तथा ऋण सहकारीको साधारणसभा