काठमाडौं, २ असोज – सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई अनियमितामा संलग्न भएको भन्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। अापूर्ती मन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषदमा लगेको प्रस्तावका आधारमा खड्कालार्इ पदच्यूत गरिएको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए। मन्त्रीले मण्डलले लगेको प्रस्तावमा खड्काले निगमका लागि जग्गा खरिद गर्दा अनियमिता गरेको निगमभित्र गुटबन्दी गरेको र सरकारलार्इ असहयोग गरेको उल्लेख छ।
यसअघि संसदअन्तर्गतका विभिन्न समितिहरुले पनि खड्का अनियमितामा संलग्न रहेको ठहर गर्दै पदबाट बर्खास्त गर्न सरकारलार्इ निर्देशन समेत दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि अापूर्ती मन्त्री मण्डललार्इ महानिर्देशक खड्कालार्इ बर्खास्त गर्ने गरी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए।
मन्त्रिपरिषदले प्रदेश सभा निर्वाचन प्रयोजनका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदाय तोकेर राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । बैठकले गैरआवासीय नेपाली सम्मेलनका लागि उच्चस्तरिय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । सम्मेलन असोज २८ देखि ३० गतेसम्म काठमाडौमा हुँदैछ ।
बैठकले संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धी राजनीतिक घोषणापत्रमा राजदूत दुर्गा भण्डारीलाई हस्ताक्षेर गर्ने अधिकार प्रत्यायोजन गरेको छ । आणविक अस्त्र निषेध सम्बन्धी सन्धीमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरिएको छ ।
अस्पतालहरुमा देखिएको लापरवाही नियन्त्रण गर्न सम्बन्धित चिकित्सकबाट क्षतिपूर्ति गराउने कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले सुचना तथा सञ्चार मन्त्रालयमा सञ्चार बिज्ञका रुपमा छक्कबहादुर खडकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
Previous Article२ असोज २०७४, ढोरपाटन दैनिक
Next Article दिउँसो दुर्इ बजेसम्म करिब ६० प्रतिशत मतदान