बागलुङ/बिदेशमा काम गरेर बचेको समयलाई सदुपयोग गरी नेपाली लोकसंगीतमा शब्दको खेती गर्नेहरुको लर्कोमा बागलुङका तिलक बोहरा पनि तानिएका छन् । सामाजिक विकृतिदेखी बिदेशमा नेपालीले भोगेका पिडाहरुलाई सांगीतीक मालामा बुन्न सिपालु बोहरा पछिल्लो समय सफल गीतहरुको शव्द लेखनमा आफ्नो समय लगाएका हुन् । पहिलो एल्बम फेसबुकमार्फत नेपाली लोक सांगीतिक क्षेत्रमा प्रबेश गरेका बोहराले हालसम्म आधा दर्जन सफल लोक लयका गीतमा शब्द लेखेका छन् । रोजगारीको शिलशिलामा विगत ५ बर्षदेखि सिसेल्समा कार्यरत बोहराले तीज गीत, प्रदेशका पिडा, माया प्रेममा बिछोडको पिडा, सामाजिक सञ्जालले ल्याएको विकृति र समसामयिक बिषयमा कलम चलाएका छन् ।
‘फेसबुक खोल्ने नाम फेरी–फेरी, साथी जोड्ने प्रोफाइलमा फोटो हेरी, फेशबुकमा दोहोरीको ग्रुप चलाउने, जति बेला फोन गर्दा नि ब्यस्त नै भै दिने प्रदेशीको सधै मनै जलाउने’
बोहराले संगीत क्षेत्रमा प्रबेश गर्दा फेसबुक एल्वममा लेखेको यो शव्दले निकै चर्चा पाएको बताए । समसामयिक परिस्थितीलाई गीत मार्फत प्रस्तुत गर्दा आफुलाई समाजको आवाज बोलेको भान हुने गरेको बोहराले बताए । उनले सुन्दर शव्द सिर्जना गरेको फेसबुक एल्वममा पुर्णकला बिसी र प्रेम राना मगरले स्वर दिएका छन् । बोहराले आसिष कार्कीसँग मिलेर दोस्रो एल्वम बजारमा ल्याएका छन् । प्रदेशमा रहेर आफु लगायत आम नेपालीले भोगेको भोगाईलाई संगीत मार्फत उतारर्दै बोहराले ‘प्रदेशमा साह्रै दुःख छ’ नामको एल्वम बजारमा ल्याएका छन् । जसमा शव्द सिर्जना उनी आफै र आवाज हरि डिसी र टिका पुनले दिएका छन् ।
‘सब देखियो उडेको आकाशमा, देखिएन आमा फर्केको बाकसमा, परदेशमा त सार्है दूःख छ, स्वदेश हुँदा सोच्ने गर्थें पैसा टिप्न पाईन्छ, पैसा फल्ने ठुलै रूख छ ।’
आम नेपालीहरुको यथार्थलाई बोहराले यस गीतमार्फत उतार्ने प्रयास गरेका छन् । फेसबुक, प्रदेशमा त साहै्र दुःख छ, बीच बाटोमा र सारा सपना भए सिमित जस्ता चर्चित र सफल गीतमा शव्द लेखेका बोहराले रूने गरायौ, त्यो मन रूने छ, दिल मै फूल्नलाई, बाग्लुङ घर काभ्रे माईत, खेर जाला नि जवानी, बाँच्ने कोशिस र गल्कोट पञ्चकोट लगायतका गिती एल्वमहरु बजारमा ल्याउने तयारीमा रहेको बोहराले बताए ।
–तारानाथ आचार्य