काठमाण्डौ/नेपालमा नयाँ २ एयरलाइन्सले उडान थालेपछि स्थापित पुराना एयरलाईन्सले लिदैंं आएको हवाई भाडामा भारी कटौती गरेका छन । सौर्य एयरलाईन्स र श्री एयरलाईन्सका नयाँ जहाजले उडान थालेसँगै पुराना यति र बुद्ध एयरले हवाई भाडामा भारी कटौति गरेका हुन । हवाई यात्रुको चाप घटेको बन्दै बुद्ध र यतिले आफ्नो भाडादर घटाएर बिराटनगर र धनगढी उडानमा अघिल्लो बर्षको तुलनामा निक्कै कम गराएका छन ।
एयरलाईन्सले पछिल्लो समय घोषणा गरेको यि क्षेत्रको हवाई भाडा बस भाडा बराबरकै छ । शुक्रबारबाट एक साताका लागि विराटनगर–काठमाडौं र धनगढी काठमाडौँको हवाई भाडा उल्लेख्य सस्तो भएको हो । हवाई मार्गबाट काठमाडौं जाने यात्रुहरू कम भएका कारण भाडा यति सस्तो भएको भनिएपनि अहिले भाडा घट्नुमा पुराना एवं स्थापित एयरलाईन्सको खेल भएको नयाँ एयरलाईन्सका सञ्चालकहरुले आरोप लगाउन थालिसकेका छन । चाडपर्व लाग्न थालेकाले हाल काठमाडौंबाट विराटनगर धनगढि आउने जाने यात्रुको चाप बढेको अवस्थामा एकाएक कमि ल्याईएको भाडादरका कारण आफुहरु मर्कामा पर्ने उनिहरुको भनाई छ ।
दैनिक ५ सयभन्दा बढी यात्रुहरु अहिले विराटनगर विमानस्थलबाट काठमाडौं जाउजाउ गर्छन भने धनगढीबाट दैनिक २ सय बढि यात्रु ओहोरदोहोर गर्छन ।तर दशैको मुखमा यात्रुको चाप बढ्दै गएको बेला एकाएक घटेको भाडाले यात्रुलाई सुविधा भएकोमा त दुईमत छैन । तर स्थापित एयरलाईन्सहरुले बजारमा आउने प्रतिष्पर्धीलाई कमजोर पार्न जब नयाँ एयरलाइन्स आउछ त्यही बेला भाडादरमा भारी कटौती गर्ने र नयाँ कम्पनी बिस्थापित भएपछि भाडादरमा भारी बृद्धि गरेर यात्रुलाई सास्ती दिने गरेकाले यसपटकको भाडादरमा भएको कटौतिले तत्काल हौसिएपनि दिर्घकालिन रुपमा नेपालको हवाई उद्योगमा एकाधिकार चाहानेहरुको खेल भएको आंशका बढ्न थालेको छ ।स्मरण रहोस यसअघि यस्तै प्रतिष्पर्धाका कारण नेपालको निकोन एयर र कस्मिक एयर बिस्थापित भएका थिए ।
Previous Articleसुरुङ मार्ग: काम 0 मै खारेजिको संकेत
Next Article चल्न थाल्यो मुख्य मन्त्रिको चर्चा