बागलुङ, २६ भाद्र – धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको नव–निर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ । छात्रावासको आईतबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गरेका हुन ।
एक करोड ३३ लाख २७ हजार दुई सय ५९ रुपैयाँमा बनेको उक्त भवनको लागि कादुरी च्यारिटेबल फाउन्डेशन हङकङले एक करोड १४ लाख सात हजार एक सय ७८ रुपैयाँ आर्थिक सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट १९ लाख २० हजार ८१ रुपैयाँ खर्च गरिएको विद्यालयले जनाएको छ ।
उद्घाटन पछि बोल्दै नगरपालिकाका मेयर जनकराज पौडेलले सपाङ्ग विद्यार्थीहरु जस्तै बहिराहरुले पनि पढ्न पाउनुपर्छ भन्ने उद्देश्यले स्थापना भएको उक्त विद्यालयले बहिराहरु पनि सपाङ्ग जस्तै हुन्न भन्ने उदाहरण दिएको बताएका थिए । उनले धेरै बहिरा विद्यार्थीको आर्थिक अवस्था कमजोर रहेको र नेपालभरका विद्यार्थीहरु पढ्ने आउने भएकाले विद्यालयले आवास बनाएर विद्यार्थीहरुलाई पढाईमा अझ लगनशिल हुनमा सहयोग पु¥याएको बताएका थिए ।
उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा अधिकृत विष्णुप्रसाद मिश्र, महिला तथा बालबालिका कार्यालय बागलुङकी प्रमुख दिल कुमारी शर्मा, नेपाली काँग्रेसका नगर सभापति महेन्द्र आचार्य, बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेल र देव बहादुर श्रेष्ठले बोलेका थिए ।
विद्यालयका संस्थापक के.वि. राना मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत प्रधानध्यापक मधुसुदन निउरे र संचालन शिक्षक नविन शिशिर विकले गरेका थिए । विद्यालयमा हाल दई सय ३० जना विद्यार्थीहरुले अध्यापन गरिरहेका छन् ।
Previous Articleप्रमले तोडे अर्काे रेकर्ड
Next Article थाइल्याण्डमाथि नेपालको शानदार जित