काठमाडौं, २४ भदौ – सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि छ ।
यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए । एक सय ३० वटा रुग्ण आयोजनामध्ये ३० वटा आयोजनाका ठेकेदार भागेका हुन्। यो खबर आजको नागरिक दैनिकमा सुबोध गौतमले लेखेका छन् । विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन् । तर, ती कार्यालयको नेतृत्व गरेका कर्मचारीको फितलो अनुगमन र व्यवस्थापनले कुनै पनि आयोजना समयमै सकिएका छैनन् ।
एक वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने यी भवन निर्माणको काम अहिलेसम्म सकिएको छैन । १३० कम्पनीले ०६५ देखि ०६९ को बीचमा एक वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का लिएका थिए ।
काम छाडेर ठेकेदार बेपत्ता, स्वास्थ्य क्षेत्रका ३० भवन निर्माण अलपत्र
Previous Article२४ भाद्र २०७४, ढोरपाटन दैनिक
Next Article पश्चिम रुकुममा थपियो अर्को यातायात समिति