बागलुङ, २३ भाद्र – शैक्षिक कल्याण कोष बागलुङले दिर्घसेवी र कृतिकार शिक्षक तथा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई पुरस्कार र सम्मान गरेको छ । कोषको दोश्रो साधारणसभा तथा अधिवेसनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
दिर्घ सेवा गरेर हाल निवृत्तको अवस्थामा पुगेका उत्तरगंगा उमाविका धनबहादुर कुँवर, शारदा मावि बाटाकाचौरका मुक्तिराम पौडेल, सर्वोदय जनक माविका कृष्ण पन्तलाई सम्मान गरिएको हो । त्यस्तै कृतिकारको रुपमा नेत्र सिलवाल र इन्द्र खड्का तथा अमृतपानी निमाविका कर्मचारी काशीराम कंडेललाई पनि सम्मान गरिएको हो ।
त्यस्तै गत शैक्षिक शत्रको माध्यामिक परिक्षामा उत्कृष्ठ अंक ल्याउने सतिढुंगा माविका अमृत सुनार, रुद्रेपिपल माविका सपना गौतम, गणेश माविका अनिता खड्कालाई पुरस्कृत गरिएको थियो । त्यस्तै परिक्षा उत्तिर्ण गरेको र राष्ट्रपति रनिङ प्रतियोगितामा दौड, छेलो लगायतका खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने धौलागिरी बहिरा आवासीय विद्यालयकी तिलदेवी गर्बुजालाई पनि सम्मान गरिएको थियो ।
२०६६ सालमा सामुदायिक विद्यालयमा कार्यरत सबै तहका शिक्षक र कर्मचारीको सहयोगबाट संकलित रकमबाट कोष बनाइएको थियो । उक्त कोष बाट हरेक बर्ष सेवा निवृत्त शिक्षक, दिर्घसेवी समेतलाई सम्मान गर्ने, विपदमा परेकालाई राहत वितरणको काम भैरहेको छ ।
जिल्ला परिक्षा समिति २०६४ को सक्रियतामा संकलित २ लाख ५० हजार बाट शुरु भएको कोष बढाएर शिक्षकहरुले ७ लाख रुपैयाँ पु¥याएका छन्
Previous Articleबालबालिकामा हुने जण्डिसका जोखिम
Next Article २३ भाद्र २०७४, ढोरपाटन दैनिक