भरत बागलुङे-दुई वर्ष लामो आवद्धता र करिब एक वर्षको विश्राम पश्चात् पुनः ढोरपाटन दैनिकमा चेतना भया ! स्तम्भको शुभारम्भ गर्दैछु । दुई वर्षको स्तम्भ लेखनमा जसरी पाठकहरुले आप्mनो अन्तस्ःकरणमा स्थान दिनु भयो आगामी दिनहरुमा पनि न्यानो माया र साथको अपेक्षा राख्दछु । स्तम्भ लेखन विशेष परिस्थिति र घटनाक्रमहरुको लिपिबद्ध आलेख मात्र नभई त्यसमा कलाको समिश्रण होस् भन्ने मान्यता राख्छु म । कलाविहिन आलेखले जीवनका संवेदनाहरुलाई जगाउन सक्दैन र मानव चेतनामा स्थान बनाउन पनि । जवाफदेहिता, सत्यता र निश्पक्ष तथा स्वतन्त्र लेखनप्रति म सदैव सचेत छु र प्रतिवद्ध पनि । राजनैतिक, सामाजिक, भाषिक, लैङ्कि, जातीय विभेदका कुनै पाटाहरुमा पनि म अधिभूतवादी दृष्टिकोणबाट मुक्त भएर शब्दहरुसँग विचरण गर्ने पक्षमा छु । म ढोरपाटन परिवारप्रति धन्यवाद् ज्ञापन गर्दछु स्तम्भ लेखनको गहन जिम्मेवारी प्रदान गर्नु भएकोमा ।
जब मुलुकै जीवनमाथी सङ्कटको कालो बादल मडारिइरहेको हुन्छ मान्छेको भविष्यको कुरा गौण हुनपुग्छ । हामी अहिले पनि मलामी बाँचीरहेका छौँ शीर्पm फरक यत्ति छ आशाहरु ती जीवित छन् भन्ने आभाष हामीसँग शेष छ । भुगोलका इकाईहरुको वतन बदलिएको छ । मुलुकमा सरकार परिवर्तन भइरहेको छ र मन्त्रीका बथान थपिएका छन् । एक वर्ष पहिले ढोरपाटन छोडेपछि रौद्र समयमा म मौन थिएँ । लेख्ने जाँगर कतै थला परेको थियो । उत्साह मरिरहेको थियो । दिनको पाँच घण्टा खुल्ला रहने मेरो ल्याबटप दिनमा पाँच सेकेण्ड पनि खुल्न सकिरहेको थिएन । म मौन समयलाई नियालीरहेको थिएँ । समयको एउटा मोडमा क्रमभङ्ग भएको छु र फेरी अक्षरसँग ढोरपाटन नियात्रामा छु । यो नियात्रा आपैmमा सहज छैन असहजतासँग पौंठेजोरी खेल्नु एउटा लेखकको लागि शक्तिको संचय हो यही अहम्मा म पाठकहरुबीच पुग्नेछु । असहज भुगोल, असहज पत्रकारिता कुनै दुर भूगोलको कठिन यात्रा जस्तै प्रतित हुन्छ तद्यापी जीवन सुखका मृगमरिचिकाहरु ती जीवित छन् र म निरन्तर तिनको पुच्छर समाएर समयको नदि तर्ने उपक्रममा छु ।
शुभारम्भ–१ दुःखका पिरामिडहरु अग्लिइरहेका छन् । करिब–करिब यो वर्षको मनसुनले विदा हुने तरखरमा देखिन्छ । पीडा, दुःख र आँसुका अगणित कथा र व्यथाहरुको चोमोलुङ हरेक वर्ष बाढीले पहाड र तराईमा यस वर्ष जस्तै छोडेर जान्छ । जब जब पहाड भत्कन्छ, हिमाल पग्लन्छ र मधेशमा बाढी पसेर नागरिकलाई मृत्युको सम्मुख उभ्याई दिन्छ त्यहाँ चर्को स्वरमा राष्ट्रियताका कुरा उठ्छन् । गण्डक र कोशी ब्यारेज भत्काउने दुश्साहका कुरा उठ्छन् विडम्बना जब पहाड र हिमालले पग्लन र भत्कन छोड्छ र मधेशले उत्रन थाल्छ हामी भष्मासुर निद्रामा चुपचाप सुत्न पुग्छौं । यो नियति जस्तो नियमितताले हामीलाई हरेक वर्ष निलिरहेको छ । एकअर्थमा हरेक वर्ष जन्मिरहेको हाम्रो राष्ट्रियता त्यो हरेक वर्ष मरिरहेको छ । हजारौँ नागरिक घरवारविहिन बनाउने कोशी ब्यारेज हाम्रो नेतृत्वको चरम सत्ता लिप्सा र नालायकीको नमुना हो । हामी नागरिक अभिषप्त छौँ दाशहरुको पुजा गर्न, दाशहरुको हनुमान चालिसा पाठ गर्न, दाशहरुको जयजकार गर्न र दाशहरुको रैती बन्न । मुलुकमा पटक पटक युद्ध, संघर्ष र आन्दोलनहरु भए तर तिनले हाम्रो मुलुकलाई स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न र आत्मानिर्भर बन्नेदिशातर्पm लैजान सकिरहेको छैन । हरेक परिवर्तनहरु ती केवल सत्ता प्राप्तिका माध्यम मात्र बनिरहेका छन् । हरेक चुनावहरु ती केवल सत्ताको समिकरण बदल्ने खेल मात्र बनिरहेका छन् परिणाम नागरिक ती हिँउदमा ठिहीको शिकार बनिरहेका छन् र हरेक बर्खामा ती बाढी पहिरोको चपेटामा परिरहेका छन् ।
शुभारम्भ–२ कार्ल माक्र्सले धर्मलाई अफिमको संज्ञा दिँदा उनका विरोधीहरुले उनलाई धर्म विरोधी करार गरिरहेका छन् आजपर्यन्त । हजारौँ वर्षदेखिको उपक्रमहरुमाथीको उनको टिप्पणीलाई सतही रुपमा विश्लेषण गरेर उनलाई धर्म विरोधी करार गर्नु विरोधीहरुको लागि ठूलो मौका थियो, माक्र्सको वैज्ञानिक सोचमाथी प्रहार गर्ने । यद्यपी माक्र्सले धर्मप्रतिको मनुष्यको अन्धो आशक्तिलाई देखेर वैज्ञानिक ढङ्गले त्यसको विश्लेषण गरेका थिए । साँच्चि धर्म हाम्रो लागि अफिम नै हो । हामी वैज्ञानिक र भौतिकवादी सोच राख्नेहरु पनि धर्मको सम्मुख पग्लिरहेका छौँ र चुपचाप शीरमा बोकेर जीवनको यात्रामा छौँ ।
भर्खरै मुलुकका अधिपति शेरबहादुर देउवाले मन्त्री मण्डलको आकार बदले धर्ममा जस्तै राजनीतिमा अफिमीकरण गरे एकअर्थमा तिनले राजनीतिलाई विकृत तुल्याईदिए । आप्mनै विगतलाई समेत उछिनेर जब तिनले मन्त्री मण्डल विस्तार गरे छातीभित्र मुटु र टाउकोमा संवेदनायुक्त मस्तिष्क हुनेहरु तिनले जिब्रो टोके । भखैरै सम्पन्न भएको र सम्पन्न हुने स्थानिय तहको निर्वाचनले नागरिकले आप्mना जनप्रतिनिधि प्राप्त गरेको र सिंहदरवारको अधिकार गाउँमा पु¥याइएको भ्रम हैन भने ख्वामित ! आधासय मन्त्रीहरुको यो बथान किन खडा गर्नु परो ? सडक किनारामा उभिएर बबुरो नागरिक प्रश्न गरिरहेको छ । राजनीतिलाई यत्रो विधि अशुद्ध र अपवित्र किन तुल्याउन उद्दत छन् यी अधिपति ? बबुरो नागरिक प्रश्न गरिरहेको छ विडम्बना सामाजिक न्याय, राजनीति र समाज रुपान्तरणको ठेक्का लिएको कनिष्ठ अधिपति उसको मुख थुनिरहेको छ । लोकतन्त्रको जामा पहिरेर र मालसिरी गाएर नागरिकमाथी यो भन्दा ठूलो मजाक र अपमान अर्थोक के होला ?
शुभारम्भ–३ देशको गरिमा बलात्कृत छ, नागरिकका सपना ती पलपल मृत्युवरण गरिरहेका छन् र मुलुकका मालिक अधिपतिहरु ती बाँसुरी बजाईरहेका छन् शहरका चोक र गल्लीहरुमा, संसद भवन र सिंहदरवारका पटाङ्गिनीहरुमा, बालुवाटार विदेशी राजदुतावासका कक्टेल भोजहरुमा । जीवनको गरिमा लिलामीमा टाँगेर जीवनको दैयन्दिनी चलाईरहेको नागरिक पुर्पुरोमा हातको टेको लगाएर शहिदलाई सम्झिरहेको छ । साँच्चि अझ कति सय या हजार वर्ष राजनीतिलाई भ्रष्ट, पतित, दलाल र नोकरशाहहरुले डो¥याइ रहनेछन् । अझ कति सय या हजार वर्ष नागरिक सुखका मृगमरिचिका खोज्न दुःखका पहाड उक्लिरहनु पर्छ ?????