बागलुङ, १८ भाद्र
जिल्लाको दक्षिण कुश्मीशेरा स्रोतकेन्द्रले नगर शिक्षा अधिकारि खेम आचार्यलाइ एक समारोहका बिच स्वागत गरेको छ । जिल्ला शिक्षा कार्यालय पर्वतमा दरवन्दिमा रही हाल नगर शिक्षा अधिकारीको रुपमा जैमिनि नगरमा काजमा खटिएका आचार्यलाई स्रोत केन्द्रले स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै बक्ताहरुले नगर शिक्षा अधिकारीस्को आगमनले जिल्ला रस केन्द्रमा आधारित प्रसासन गाउँ स्तरमा प्राप्तभएको अनुभुति भएको टिप्पणि गरे । सिंहदरवारको अधिकार गाउँ सम्म हस्तान्त्रण गर्ने भनिए पनि सोहि अनुसारको काम नभएको भन्दै बक्ताहरुले नशिअको अगमन त्यसको सुरुवात भएको बताए । कार्यक्रममा शान्ति उच्च माध्यामिक बिद्यालयका प्रद्यान ध्यापक यम बहादुर जिसी, पल्लो पाखा माध्यामिक बिद्यालयका प्रद्यान यापक टेकनारायण आचार्य, भवानि आचार्य, बिष्णु पौड्याल लगायतले बोलेका थिएँ । सोहि कार्यक्रममा नगरमा नव आगन्तुक २ जना स्रोत व्यक्तिहरुलाई समेत स्वागत गरीएको थियो ।
नव आगन्तुक स्रोत व्यक्तिहरु यम शर्मा र प्रेम शर्मालाई समेत सोहि समारोहमा स्वागत गरीएको पल्लो पाखा सामुदायीक माद्यामिक बिद्यालयका पद्यानध्यापक टेक नारायण आचार्यले बताए । उनिहरुलाई फुलमाला र अविर लगाएर स्वागत गरिएको थियो । जैमिनि नगर अन्तरगतका १० वडाका सबै बिद्यालय हेर्ने गरि हाल सम्म एक जना मात्र स्रोत व्यक्ति रहेको हाल थप २ जनाले जिम्मेवारी पाएका हुन् । हाल वसम्म नगरका सम्पुर्ण बिद्यालयहरुको जिम्मा स्रोत व्यक्ति बिष्णु प्रसाद सापकोटाले हेर्दै आएका थिए । नयाँ स्रोत व्यक्तिको आगमनले आफ्नो जिम्मेबारि समेत सहज भएको सापकोटाले बताए । स्रोत व्यक्ति बिष्णु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन जैमिनि प्राविका प्रद्यानध्यापक रिशिराम शर्माले गरेका थिए ।