बागलुङ, १३ भदौ – छिटो गए भन्न सकिन्न, ढीलो गए अवस्य पुगिन्छ भन्ने नारालाई चरितार्थ पार्न सोमबार बागलुङ जेसीजले ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न गरेको छ ।
हरेक दिन नयाँ नयाँ क्रियाकलाप गरेको जेसीज सप्ताहको तस्रो दिन यो प्रतियोगिता गरेको हो । दुर्घटना न्युनिकरण गर्न युवाहरुलाई जागरुक गराउन यस्तो प्रतियोगिता आयोजना गरिएको बागलुङ जेसीजका अध्यक्ष जोहन बज्राचार्यले बताए । प्रतियोगितामा निर्धारित ५० मिटरको दुरी १ मिनेट ४५ सेकेण्ड लगाई पार गरेर असिम खड्का प्रथम भए ।
प्रतियोगिताका ४६ प्रतियोगि मध्ये सबैलाई पछाडि पारेका खड्काले नगद ३ हजार रुपैयाँ पुरस्कार पनि जितेका छन् । त्यस्तै महिला तर्फ ११ जनाले भाग लिएकोमा सुस्मिता केसीले निर्धारित दुरी ३२ सेकेण्डमा पार गरेर प्रथम भईन । उनलाई पनि ३ हजार रुपैयाँनै पुरस्कार दिइएको हो । यस्ता प्रतियोगिताले सवारी दुर्घटना कम गर्न सहयोग पुग्ने प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए ।
उद्घाटन कार्यक्रममा कुलतमा लाग्न खोज्ने युवा जमातलाई सही मार्गमा डोहो¥याउन जेसीजले खेलेको भूमिका लाई उनले उच्च प्रसंसा पनि गरेका थिए । बागलुङ जेसीज २०१७ का अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षता, कार्यक्रम संयोजक आकृति भण्डारीको संचालन र मुल संयोजक मनोज विकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
स्वर्गिय सत्यदेवी श्रेष्ठको स्मृतिमा नामाकरण गरिएको स्लो वाईक रेश कार्यक्रममा सत्यदेवीका श्रीमान शैलेन्द्र श्रेष्ठले पनि बोलेका थिए ।
Previous Article२०७४ भाद्र १३ गते मंगलबारको राशिफल
Next Article छानो चुहिदा पठन पाठनमा समस्या