तारानाथ पौडेल अध्यक्ष, निसीखोला गाउँपालिका
स्थानीय सरकारको नेतृत्व लिनुभएको छ, यहाँका जनतालाई कसरी समृद्ध बनाउने सोच्नु भएको छ ?
२०औं वर्षपछि बल्ल तल्ल स्थानीय तहको निर्वाचन भएको छ । जनताका धेरै अपेक्षाहरु पनि छन् । कतिपय हामी निर्वाचनमा गएका वेला गरेका प्रतिवद्धताहरु पनि होलान । समग्रमा जनताले अहिले आफ्नो क्षमताले गरिरहेको कृषि पद्धतिमा सुधार गर्नुपर्छ । यो मध्यपहाडी लोकमार्गले छोएको स्थान पनि हो । यसबाट कसरी भरपुर फाईदा ल्याउन सकिन्छ भन्ने कुरा, पर्यटन व्यवसायबाट हुन्छ कि, अरु कुनै व्यवसाय प्रवद्र्धन गरेर हुन्छ । हामी निरन्तर जनजीविकाको सवालमा ५ वर्षमा के गर्न सकिन्छ भन्ने चिन्तन मै छौं ।
समृद्धिका लागि स्थानीय सरकार भन्ने नारालाई सार्थकता दिन नगर÷गाउँ परिषदबाट खास के–के कार्यक्रम अगाडि सार्नु भयो ?
हामीले हाम्रो गाउँपालिकाको वार्षिक वजेटमा कृषि, सचेतना, तालिम, लगायतका क्षेत्रमा वजेट विनियोजन गरेका छौं । वजेटको सही कार्यान्वयन र परिचालन अवको आवश्यकता हो । खास गरि हरेक वडा वडामा कृषि तालिम, सडक तथा पूर्वाधार निर्माण, अर्नाकोटको धुरी, नरसिंहकोट मन्दिर, तिलाचन धुरी लगायतका स्थानीय पर्यटकीय स्थलको प्रचार प्रसार, यहाँका जातजाति, धर्म लिंगका मान्छेलाई सचेनता, आन्तरिक संस्कृतिको संरक्षण समेत गर्नुछ । बजेटले नागरिकको आय आर्जनमा कसरी टेवा पुग्छ भन्ने हाम्रो चिन्ता हो । त्यस विषयमा लाग्छौं ।
मुलुकको समृद्धिको वाधक के हो भन्ने लाग्छ यहाँलाई ?
पौडेल ः राज्यको अस्थिर राजनैतिक अवस्था नै मुख्य समृद्धिको कारक हो । स्थायी सरकार बन्नु पर्छ र उसले ५ वर्ष राज्य चलाउन सक्छ । कर्मचारी तन्त्र देशमा हाबी भयो, विभिन्न पार्टीका ट्रेड युनियनहरु खुले, यिनले आफ्ना सहजता त खोजे जनताको सहजतामा काम गर्न सकेनन । यस्ता ट्रेड युनियन खारेज हुनुपर्छ ।
त्यसको निराकरणका लागि स्थानीय सरकार सक्षम होला न त ?
आवश्यक ऐन कानुन नै अहिले हामीलाई परिचालन गर्न अझै प्रयाप्त आएका छैनन् । हामी परिचालन हुने ऐन नियम आयो भने हामी त्यसको कार्यन्वयन अभ्यास गछौं, सक्षम हुनुपर्छ त्यो दिनले बताउला ।
Previous Articleसमृद्विका लागि पर्यटन र जडीबुटी
Next Article समृद्ध गाउपालिका ; निर्यातमुखी उत्पादन