प्रकाश बराल -राजधानीदेखि २ सय ७२ किलोमिटरको यात्राबाट बागलुङ आइपुगिन्छ । धौलागिरी हिमालको काखमा रहेको बागलुङको पूर्वमा रहेको सदरमुकामदेखि जिल्लाकै पश्चिमी विन्दुसम्म थप १ सय ४२ किमी पार गरेर मात्र पुग्न सकिन्छ । पहाडी जिल्ला भएकोले भौगोलिक रुपमा कठिन भएपनि दुई राष्ट्रिय गौरवका आयोजनाले विकासको ढोका खोलेको छ । गैरआवसीय नेपालीहरुको लगानीबाट विद्युत आयोजना निर्माणको थालनी र पर्यटकीय स्थानको पहिचानको कारण आर्थिक समृद्धिमा पनि बागलुङ अगाडि बढ्दैछ । २ सय ५० बर्ष पुराना कला संस्कृति र परम्परा बागलुङमा पाइन्छ । हनुमान नाँच, जोगी नाँच, सिस्नो खोस्ने नाँच यहाँका पुराना परम्परा हुन् । त्यस्तै प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान, राधाकृष्ण मन्दिर, त्रिपुरेश्वर महादेव र पञ्चकोट, गौरीधाम शिवमन्दिर धार्मिक गन्तव्य हुन् । ढोरपाटन शिकार आरक्ष पर्यटनको अर्को गन्तव्य हो । त्यस्तै जिल्लाकै अग्लो स्थान घुम्टे, गाजा र भकुण्डे ग्रामीण पर्यटनका केन्द्र हुन् । उद्योग धन्दा र कलकारखाना नभएरपनि बागलुङेको आम्दानी तथा लगानीमा कमी छैन । बैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले बागलुङे समृद्ध छन् । जापानमा सबैभन्दा धेरै बागलुङेले रेष्टुरेन्ट लगायतको व्यवसाय चलाएका छन् । समृद्धिकै कारण उनीहरुको खानपान, बसाइ र खर्च गर्ने क्षमता बढीरहेको छ । सदरमुकामदेखि मुख्य शहरी क्षेत्रमा बसाइ सर्ने बागलुङे प्रशस्त छन् । राजधानीदेखि संसारका धेरै मुलुकमा बागलुङ समाज गठन भएको छ । उनीहरुले जिल्लामा शिक्षा, स्वास्थ्य, विकास निर्माण र सामाजिक सेवाका लागि लाखौं रकम समाजकै नाउँमा पठाउने गरेका छन् । जिल्ला प्रशासनको तथ्यांकमा हरेक बर्ष नागरिकताभन्दा राहदानी बनाउने धेरै छन् । यकिन तथ्यांक कसैको नभएपनि उद्योग बाणिज्य संघ र प्रशासनको अनुमानित तथ्यांक अनुसार बर्षेनी बागलुङका १५ हजारभन्दा धेरै मानिस रोजगारीका लागि जापान, युरोप र खाडी मुलुकमा जाने तथ्यांक छ । उनीहरुले कमाइको केही प्रतिशत रकम ग्रामीण क्षेत्रको विकासमा खर्चदै आएका छन् ।ग्रामीण सडकको विकास एक दशक अघिसम्म सदरमुकामदेखि डेढसय किमी पश्चिमको ढोरपाटन पुग्न तीन दिन लाग्थ्यो । बुर्तिवाङसम्म सडकको ट्रयाक २०५४ सालमा खुलेपनि स्तरोन्नती समेत थिएन । बिहान ७ बजे हिडेको जीप बल्लतल्ल बेलुकीसम्म बुर्तिवाङ पुगेर बास बसेपछि फेरी अर्को दिन पैदल हिडेर मात्र पुगिने ढोरपाटनमा यतिबेला बिहान सबेरै जीप चढेर बेलुकी पुग्न सकिन्छ । मुख्य सडक सरकारी बजेटमा बनेका हुन्भने ग्रामीण सडकका लागि जापान र युरोपमा बस्नेहरुले पनि लगानी गरेका छन् । बिहुँदेखि कर्लिम जाने सडकमा जापानबाट आएको लाखौं लगानी परेको छ । त्यस्तै काँडेवास, बलेवा, दमेक जस्ता स्थानमा पनि बिदेशमा बसेकाहरुले सहयोग जुटाएर पठाएपछि निर्माणको काम भएको छ । सदरमुकामदेखि दक्षिणको छिस्तीसम्म पैदलै हिड्ने बाध्यता चालु बर्षदेखि हट्यो । कालीगण्डकी करिडोरले बलेवा, अर्जेवा, जैदी र छिस्तीलाई जोड्यो । एक बर्षमा कोरिडोरमा नियमित सवारी चल्न सक्ने गरी काम भैरहेको छ । गुल्मीको बाटो घुमेर मात्र पुग्न सकिने बाटाकाचौर, सल्लान र सुखौरासम्म सदरमुकामदेखि नै दैनिक सवारी चल्न थालेका छन् । केही बर्षमा स्तरउन्नती हुने गरी निर्माण आयोजनाहरुले काम गरिरहेका छन् । मुख्य राजमार्ग बाहेक जिल्लामा अहिले १ हजार ४ सय किमी सडकको संजाल फैलिएको जिल्ला समन्वय समितिको तथ्यांक छ ।लघुविद्युत झोलुंगे पुलको जिल्ला भनेर चिनिएको बागलुङमा लघुविद्युतबाटै ३ मेगावाट बढी उर्जा उत्पादन भैसकेको छ । जिल्लाभित्र १ सय ५० सानाठूला लघुविद्युत छन् । बुर्तिवाङ र खरवाङमा गरी ३ वटा एफएम रेडियो लघुविद्युतबाटै बजेका छन् । ग्रामीण बस्तीमा घरेलु उद्योग लघुविद्युतबाटै संचालित छन् । चर्को लोडसेडिङ खेपेका नेपालीको विचमा चौविसै घण्टा गाउँकै उत्पादनबाट उज्यालोमा बस्ने सौभाग्य बागलुङका दुई तिहाई जनताले पाएका छन् । केही ठूला आयोजना निर्माणको क्रममा छन्भने मझौला आयोजनाहरु अन्तिम चरणमा पुगेका छन् । ती सबै आयोजना निर्माण हुँदा एकदुई बर्षमै जिल्लाभित्रै १० मेगावाट विद्युत पुग्नेछ । रिघाको मनेवामा पनि ८ मेगावाटको दरमखोला जलविद्युत निर्माणाधिन छ । हरिचौर, हिल र तारामा मध्यदमरखोला १३ मेगावाट विधुत उत्पादन हुने तरखरमा छ । ढोरपाटनको उत्तरगंगामा ३ सय मेगावाटको रन अफ दि रिभर आयोजनाको डिपिआर तयार भएको छ । सयपत्री हाइड्रो प्रालिका सदस्य संजयकुमार श्रेष्ठका अनुसार, गाउँका मझौला आयोजनामा गैरआवासीय नेपालीले लगानी गरेका छन् । ‘हिलमा निर्माणाधिन २ दशमलव ५ मेगावाटको दरमखोला जलविद्युत आयोजनाको ५२ करोड लागत मध्ये अधिकांश जापान, युरोप लगायतका नेपालीले लगानी गरेका छन्’ श्रेष्ठ भन्छन्, ‘विदेश गएर पनि जिल्लाको समृद्धिमा लगानी गर्ने क्रम बढेको छ ।’ जिल्लाको हिल गाविसबाट जापान गएकाले मात्र यो आयोजनामा डेढ करोड लगानी गरेका छन् । ताराखोला, निसी, बोहोरागाउँ, अधिकारीचौर र दगातुम्डाँडा लगायतका लघु विद्युतमा भने स्थानीयले लगानी गरेका छन् । ती आयोजनामा केही अंश रेमिट्यान्स पनि परेको गिरिङदीखोला लघुविद्युत आयोजनाका पूर्वअध्यक्ष मित्रबहादुर पुन बताउँछन् । ‘रेमिट्यान्सलाई अझै बढाउन सकेमा जिल्लाको समृद्धि संभव छ’ पुन भन्छन्, ‘खेती किसान गरेकाले बचाएको पैसाले ठूला योजना बन्न सक्छन् ।’शिक्षा र स्वास्थ्य केही समयदेखि बागलुङ जिल्ला अस्पताल धौलागिरी अञ्चलमा स्तरउन्नती भयो । २१ डाक्टर दरवन्दी सहित शल्यक्रिया समेतको सेवा दिने अस्पतालको लक्ष छ । अस्पतालको केही भवनहरु निर्माण हुँदैछन् । तीन जना डाक्टर सहितको अस्पताल बुर्तिवाङमा पनि संचालन भयो । गल्कोट हरिचौरमा डाक्टरसहितको सेवा छ । केही निजी अस्पतालले पनि जिल्लामा सेवा थालेका छन् । सबै गाउँका उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरउन्नती भएका छन् । ३८ वटा बर्थिङ सेन्टरमार्फत गाउँमै सुरक्षित प्रसुती सेवा उपलब्ध छ । खुला दिशामुक्त, पूर्णसाक्षर र निशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको प्रत्याभूति र बालबालिका विद्यालय भर्नाले शतप्रतिशत अंक पाउनै लागेको छ । जनजागृति मावि, करलिम निमावि, अमर उमावि, लेखानी उमावि, पृथ्वी उमावि, गणेश मावि, सुन्तलाचौर मावि जस्ता दर्जनौं विद्यालयलाइ बागलुङ समाज जापान, युरोप समाज लगायतले नगद सहयोग गरेका छन् । आरक्ष र पर्यटन जिल्लाको ढोरपाटन शिकार आरक्षबाट बर्षेनी दुई करोड रुपैयाँ राजश्व संकलन हुन्छ । शिकारीले उक्त राजश्व तिर्छन् । भ्रमणका लागि सयौं आन्तरिक पर्यटक पनि पुग्छन् । बागलुङ कालिका, गाजा, घुम्टे, संसारकोट, भकुण्डे, भैरवस्थान लगायतका पर्यटक लोभ्याउने गन्तव्य र होमस्टेहरु विकास भएका छन् । विस्तारै सदरमुकाममा ठूला होटलमा व्यवसायीले लगानी बढाएका छन् । एकैपटक हजारौंलाइ खाने बस्ने सुविधा सदरमुकाममा पुग्छ । राजधानी सहित सबै शहरमा नियमित सवारी चल्न थालेका छन् ।कृषि र पशुपालन कृषि फसल र दूधमा बागलुङले फड्को मारेको छ । अतिसुख्खा भएमात्र केही दूध नपुग्ने बरिष्ठ पशु विकास अधिकृत गोपाल गिरी बताउँछन् । जिल्लामा बार्षिक २५ हजार मेट्रिकटन दूध उत्पादन भैरहेको छ । तरकारी उत्पादनमा फड्को मार्दै १ हजार बढी प्लाष्टिकका घरमा किसानले फसल उब्जाएर बजार पठाउँछन् । ‘हरियो तरकारी खान जानेका पनि थिएनौं, अहिले बर्षको ५ लाख कमाउने किसान भनेर चिनिन्छौं’ लेखानी–९ की लालमाया पुनले भनिन्, ‘कृषि उत्पादन र बजारको बिस्तारले खाने र कमाउने दुवै अवसर दिएको छ ।’ जिल्ला अण्डा, कुखुराको मासु उत्पादन आत्मनिर्भर उन्मुख बन्दै गएको छ ।लोकमार्ग र कोरिडोर मध्य पहाडी लोकमार्गको घोडाबाँधे हटिया २० किमी अघिल्लो बर्ष कालोपत्रे भयो । चालु बर्ष थप २० किमी हुँदैछ । ‘आगामी दुई बर्षभित्र जिल्ला भित्रै १ सय ४२ किमी लोकमार्ग कालोपत्रै भैसक्ने योजना छ’ मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख सूर्यबहादुर भाट भन्छन्, ‘सडक नै सबै विकासको पूर्वाधार हो, त्यसको फल बागलुङले पाउँदैछ ।’ चालु बर्षमै ‘बागलुङ खण्डका १४ पक्की पुल पनि बन्दैछन । अक्षेते, नरेठाँटी, भीमगिठे, नुवारा लगायत खोलामा पुल निर्माणाधिन छन् । गिरिंदी खोला र दरमखोलामा भने पक्की पुलमै सवारी गुडिसकेका छन् । भारत र चीन जोड्ने गरी निर्माणाधिन कालीगण्डकी कोरिडोरले पनि बागलुङलाई चिरा पारेको छ । मध्यपहाडी र कोरिडोरले मालढुंगालाइ क्रस गरेको छ । ‘दुइवटा गौरवका आयोजनाले बागलुङको भविष्य उज्वल बनाएको छ’ स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य भन्छन्, ‘जिल्लाबासीले दुवै सडकबाट अधिकतम फाइदा लिन सक्नुपर्छ ।’ लोकमार्ग सडकको मेरुदण्डको रुपमा रहेको छ । कोरिडोर दुइ देश जोड्ने छोटो मार्ग र धार्मिक पर्यटकको पहिलो रोजाइमा पर्न थालिसकेको छ । देवघाट, रिडी, रुद्रवेणी, सेतीवेणी, गुप्तेश्वर, बागलुङ कालिका, गलेश्वरहुँदै मुक्तिनाथ र दामोदर कुण्डसम्मका धार्मिक स्थलमा भारतीय पर्यटकलाइ भित्राउन सकिन्छ । त्यस्तै कोरला नाका संचालनमा आएमा लुम्बिनी सम्म चीनिया पर्यटकको ओइरो लाग्न सक्छ । ‘कोरला नाका ४ नम्बर प्रदेशको महत्वपूर्ण भन्सार र पर्यटकको मुहान बन्नेछ’ व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी भन्छन्,‘नाका खुल्नासाथ देशको अर्थतन्त्रकै मेरुदण्डको रुपमा कोरिडोर चिनिन्छ ।’ कम्तिमा लाखको संख्यामा पर्यटकलाइ ओहोरदोहोर गराउन सकिने गरी कोरिडोर बिस्तार हुने उनले बताए । कोरिडोरको खुल्न बाँकी केही स्थानमा नेपाली सेनाले काम गरिरहेको छ । मुस्ताङको कागवेनी देखि कोरला सम्म ट्रयाक खुलेको छ । सडक डिभिजन कार्यालय बागलुङले राजमार्गको रुपमा विकास गर्न डिपिआर निर्माण गरिसकेको छ । गैडाकोट देखि बागलुङ २ सय २५ र बागलुङ देखि कोरला १ सय ९० किमी सडक बनेपछि कुल चारसय ३५ किमी दुरीमा भारत र चीन जोड्ने छोटो दुरीको राजमार्गले बागलुङलाई चिर्नेछ । राष्ट्रिय पूर्वाधारको ट्रान्जिट र स्थानीय प्रयासले जिल्लाको मुहार फेरिंदै गएको छ । ‘यतिधेरै परिवर्तन भएको देख्नेलाई पनि अचम्म लागेको छ की सानो काम लिएर दुई तिन दिनमा सदरमुकाम पुग्नेहरु एकै दिन घर फर्किन सक्ने भएका छन् । छोटो समयमा बागलुङ सम्वृद्ध बन्दै गएको एउटा उदाहरण हो ।उचबपबकजदबचबद्दि२नmबष्।िअयm
Previous Articleभ्यू–टावरः ७ वर्षमा ८० प्रतिशत काम !
Next Article समृद्विका लागि पर्यटन र जडीबुटी