बागलुङ, ५ भदौ- धौलागिरी अंचल यातायात बस व्यवसायिक संचालक समिति बागलुङको अध्यक्षमा उमेश केसी निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धी रामबहादुर गुरुङ्गलाई ७७ मत अन्तरले परिजित गर्दे केसी अध्यक्षमा निर्वाचत भएका हुन । केसीले कुल २५० मतमध्ये १ सय ६२ मत प्राप्त गर्दा प्रत्यासी गुरुले ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिए । समितिको बरिष्ठ उपाध्यक्षमा एक सय ७६ मत प्राप्त गरी हरिविकास जिसी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजेन्द्रकुमार श्रेष्ठले ७१ मत प्राप्त गरेका थिए । दुई उपाध्यक्षमा राजन जोशी (१९२) र सुदर्शन रायमाजीले (१८९) प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षका प्रत्यासी हरिबहादुर रिजालले (१०७) मत प्राप्त गरेका छन् । महासचिवमा १५० मत प्राप्त गरी खेमराज लामिछाने विजय भएका छन् । उनका प्रत्यसी राजु तुलाचनले ९७ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा धनश्याम मल्लले १४६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी नारायण खडकाले ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गौतमले बताए । सहसचिवमा बाबुराम पौडेल (१५८) र सहकोषाध्यक्षमा हेम शर्मा पौडेलले (१६५) विजयी भएका छन् । यस अघि कोषाध्यक्षमा उमाकान्त शर्मा र सहउपाध्यक्षमा तिर्थराम खडका निविरोध चयन भएका थिए । समितिको सदस्यमा जयबहादुर श्रेष्ठ, इन्द्रराज रिजाल, बालकृष्ण पौडेल, निर्मलप्रसाद पौडेल, पूर्णनारायण श्रेष्ठ, नगेन्द्र गुरुङ्ग, अस्मिनकुमार गर्वुजा र खिमबहादुर जिसी विजयी भएका छन् । एक सहउपाध्यक्षको लागि तिर्थराम खडक जिसी, महासचिवमा खेमराज लामिछाने र राजु तुलाचन, सचिवमा नारायण खडका र घनश्याम मल्ल तथा एक सहसचिवमा बाबुराम पौडेल र हर्कमान गुरुङ्ग, सहकोषाध्यक्षमा हेम शर्मा पौडेल र डिलबहादुर थापा चुनावी प्रतिस्पर्धामा रहेका छन् । कोषाध्यक्षमा उमाकान्त शर्मा यस अघि सर्वसम्मत चयन भएका थिए । समितिको आठ सदस्यको लागि १४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । सदस्य पदको लागि जयबहादुर श्रेष्ठ, इन्द्रराज रिजाल, बालकृष्ण पौडेल, निर्मलप्रसाद पौडेल, पूर्णनारायण श्रेष्ठ, भूपेन्द्र शर्मा, नगेन्द्रबहादुर गुरुङ्ग, विक्रम रुचाल, अस्मिनकुमार गर्वुजा, कृष्ण गिरी, खेमराज सुवेदी, खेमराज सुवेदी, जयबहादुर केसी र खिमबहादुर जिसी रहेका छन् । समितिको १९औँ साधारणसभा तथा १०औँ अधिवेशन शनिबारदेखि सुरु भएको थियो ।
धौलागिरी अञ्चल यातायात वस व्यवसायी समितिको अध्यक्षमा केसी
Previous Articleआज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन
Next Article म्याग्दीको पर्यटकीय स्वर्गाश्रम ओझेलमा