बागलुङ, २६ साउन -जिल्लामा जारी अन्तर स्कुल स्तरिय कोलाकोला कप फुटबलको फाइनल खेल बुधबार वर्षाका कारण अवरुद्ध भएको छ । चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुल र सिदार्थ शिक्षा सदन विचको फाइनल खेलको पहिलो हाफको २४ मिनेटमा अत्याधिक वर्षा भएपछि खेल बिहीबारको लागि सारिएको हो । बिहीबार बाँकी रहेको समयबाट खेल सुरुवात गरिने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए । बुधबार भएको खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुलले १ गोलले अग्रता लिएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा शुक्रबारदेखि जारी रहेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमसः १० र ५ हजार प्राप्त गर्ने छन् । यस्तै विजेता टिमले साउन २९ गतेदेखि पोखरामा हुने क्षेत्रीय स्कुल स्तरीय कोकाकोला कप फुटबलमा सहभागिता जनाउने छ ।