बागलुङ, २० साउन – पहिरो प्रभाबित राज थापाको परिवारलाई गलकोट नगरपालिकाको कार्यालयले त्रिपाल र ग्वाबिन जाली प्रदान गरेको छ । बुधबार परेको अबिरल बर्षाका कारण गलकोट नगरपालिका वडा नम्बर ७ निवासी राजबहादुर थापाको घरमा पहिरोले क्षति पु¥याएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष समेत रहेका थापाको घरको आँगनसँगै पीँडी समेत खसालेको छ । स्थानिय ज्ञानबहादुुर थापाका अनुसार, करिब २० मिटर क्षेत्रफल भएर घरको आगनबाट पहिरो झरेको छ । पहिरो प्रभाबित थापालाई गलकोट नगरपालिकाको कार्यालयले बिहिबार एक कार्यक्रमका बिच ७ थान ग्वाबिन जाली र २ थान त्रिपाल बितरण गरेको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बिपतको समयमा थोरै भएपनि नगरपालिकाको तर्फबाट सहयोग प्रदान गरेको बताए । कार्यक्रममा गलकोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदी, गलकोट नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक हेमन्त भण्डारी, बिपद ब्यवस्थापन समितिका संयोजक वीरजंङ भण्डारी, रेडक्रसका चन्द्रदत्त रेग्मी लगायतका सहभागीता रहेको थियो । सो अवसरमा राज थापाका दाजु ज्ञानबहादुर थापा र वडा नम्बर ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापालाई त्रिपाल र ग्याबिन जाली प्रदान गरिएको थियो ।
Previous Articleरक्तदानको महत्व बुझाउन साकइकल यात्रा
Next Article पहिलो पटक मिस्टर एण्ड मिस अडिसन