म्याग्दी, १३ साउन – जिल्लाको सदरमुका बेनीको प्रवेशद्धार कालिपुल बसपार्कको गुरूयोजनाको प्रारम्भीक नक्सा तयार गरिएको छ । जिल्लको प्रवेशद्धारमै रहेको बसपार्क अस्तब्यस्त हुदा समेत सम्बन्धित निकायले चासो नदेखाएको भन्दै पटकपटक आलोचना हुने गरेको थियो । गुरूयोजनाको प्रारम्भीक चित्रमा टर्मिलन भवन, ट्याक्सी, जीप र बसपार्कका साथै जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी पूर्वाधार विस्तार गरिने बेनी नगरपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए । ‘सबैको सहयोगको आवश्यकता छ । स्मार्ट बसपार्क बनाउने गरी योजना अगाडी बढेको छ’ बराईलीले भने । उनका अनुसार करिव ५ करोडको अनुमान गरिएको छ । हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गमा आवतजावत गर्ने बसपार्का हिलाम्मे र अस्तब्यस्तका कारण यात्रुलाई सास्ती हुने गरेको थियो । बसपार्कमा म्याग्दीका सुचनामुलका सन्देश, पर्यटकीयक्षेत्रका जानकारी सहितको सुचना केन्द्र समेत राखिने छ । त्यस्तै हाल रहेको बास्केटबलको मैदानलाई स्थानान्तर गरिने छ । बेनी नगरपालिकाले समेत बसपार्क बनाउन प्राथमिकता दिएको छ । बेनी–जोमसोम सडक कालोपत्रे भएपछि दैनिक ठुलो संख्यामा पर्यटक भित्रिने भएकाले पनि तत्काल मर्मतको कार्य सुरु गर्नुपर्नेमा सरोकारावालाले दवाव दिएका थिए ।
Previous Articleनेपालमा पहिलोपटक आवाज प्रत्यारोपण
Next Article २२ दिने बुटिक तालिम सकियो