म्याग्दी, १० साउन आर्थिक- वर्ष २०७३ र ७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका छन् । आव २०७२ र ७३ को तुलनामा २०७३ र ७४ मा २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँकअनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म ६९ हजार ८३७ जनाले जिल्लाको भ्रमण गरेका थिए । आव २०७२ र ७३ मा ४३ हजार ६३२ पर्यटकले भ्रमण गरेका थिए । घोडेपानी पर्यटक चौकी, बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्रने र बाहिरिने पर्यटकको तथ्याँक राख्ने गरेका छन् । मुस्ताङको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत ठाउँको भ्रमणका लागि यहाँ पर्यटक आउने गरेका छन् । जिल्लाामा भित्रिने विदेशी पर्यटकको ठुलो हिस्सा अन्नपूर्ण गाउँपालिका अन्र्तरगत घोरेपानी, खोप्रा, तातोपानी लगाएतका क्षेत्रमा पुग्ने गरेका छन् । त्यस्तै पश्चिम म्याग्दीमा रहेको धौलागिरि गाउँपालिका अन्र्तरगतको धौलागिरि हिमालको आरोहण र राउण्ड धौलागिरिमा समेत ठु्लो संख्यामा पर्यटक पुग्ने गरेका छन् । म्याग्दीमा भित्रिने कुल पर्यटक मध्ये करिव ६० देखी ७० प्रतिशतको हाराहारीमा अन्नपुर्ण गाउँपालिकामा पुग्ने गरेको तथ्याङ्कले देखाउँछ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष जुनबहादुर पुन भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको बताउँछन् । अमेरिका, बेलायत, जर्मन, अष्टे«लिया, भारत, दक्षिण कोरिया, चीन, मलेसियाका नागरिक भ्रमणमा आउने गर्छन ।
Previous Articleनर्मल भर्सेज सिजेरियन डेलिभरीमा कुन जोखिम
Next Article नागरिक संवाद केन्द्रले अन्तरक्रिया गर्ने