बागलुङ, ९ साउन
बागलुङको बडिगार्ड गाउँपालिका वडा नम्बर–५ ग्वालीचौरमा सोमबार विहान जीप दुर्घटना हुँदा चार जनाको घटना स्थलमा ज्यान भएको छ । ६ जना घाईते भएका छन ।
बडिगार्ड गाउँपालिका–८ रणसिंहकिटेनीदेखि खर्वाङ्ग बजारको लागि छुटेको ध १ ज १८४ नम्बरको जीपअप जीप दुर्घटना हुँदा बर्डिगार्ड–४जलजलाका ४२ वर्षिय होमेन काउचा, सोही स्थानका ३६ वर्षिय नरबहादुर सेरपुन्जा, ३५ वर्षिय तुलबहादुर पुन र बडिगार्ड–५ ग्वालीचौरका ६० वर्षिय मुक्ति पाईजाको मृत्यु गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले जानकारी दिए ।
घाईते हुनेमा मध्ये एकै घरका बलमति पाईजा उहाँकी छोरी दिपसिखा पाईजा, दिनेश पाईजा, सोही स्थानका टेकबहादुर पाईजा र जलजलाका भिमबहादुर श्रीस रहेका छन् ।
घाईते मध्ये टेकबहादुर पाईजा र दिपसिखा पाईजाको अवस्था गम्भिर रहेको अध्यक्ष पाईजाले जानकारी दिए । घाइतेहरुको अवस्था गम्भिर भएकोले नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडांैंको ग्राण्डी अस्पतालमा उपचारको लागी पठाइएको छ । जीप ‘सडकदेखि आठ सय मिटर भन्दा तल खसेको थियो ।
जीप दुर्घटना अपडेटः चारको मृत्यु, ६ जना घाईते, गम्भीर घाईतेलाई काठमाडौं लगियो
Previous Article९ साउन २०७४, ढोरपाटन दैनिक
Next Article नर्मल भर्सेज सिजेरियन डेलिभरीमा कुन जोखिम