बागलुङ, २७ असार – बडीगाड गाउपालिका–२ खारापानी खर्वाङ बजार नजिकै बडीगाड खोलामा सोमबार बिहान देखिएको बेवारिसे महिलाको शव बाहिर निकालिएको छ । बिहान स्थानियले नदिमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा आएको टोली र खर्वाङ प्रहरीको संयुक्त प्रयासमा अपरिचित महिलाको शव खोलाबाट बाहिर निकालीएको हो । महिलाको शवको पहिचान हुन सकेको छैन । बडीगाडले बगाउदै ल्याएको महिलाको शव हत्या गरी फालिएको हुन सक्ने आशंका गरिएको छ । मृतक महिलाको निधारमा चोट लागेको देखिन्छ । शवको पहिचानका लागि प्रहरीले खोजखबर गर्ने जनाएको छ ।