काठमाडौं, २६ असार- सरकारले सप्तरीका बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढि प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितहरुलाई तत्काल २५ हजार रुपैया उपलब्ध गराउने घोषणालाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो ।
साथै सबै बाढी पीडीतलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैया सहुलियत ऋणको व्यवस्था गर्ने बारे प्रधानमन्त्री देउवाले गरेको प्रतिवद्धतालाई पनि बैठकले अनुमोदन गरेको छ ।
प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसद समक्ष पेश गर्ने निर्णय सरकारले गरेको छ ।