बागलुङ, २६ असार – गल्कोट नगरपालिका–८ काँडेबास झारमौरा निवासी भिमबहादुर दर्लामीकी सुत्केरी बुहारीको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । दर्लामीकी १९ बर्षिया बुहारी मुना छन्त्याल दर्लामीको आइतबार बिहान सुत्केरी हुँदा बढी रक्तश्राव भई अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको प्रहरी चैकी हटियाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले हटियामा समेत सुरक्षित प्रसुति सेवा कार्यक्रम सन्चालन गरेको र हरिचौर स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरु हुँदाहुँदै उपाचारको अभावमा मुना दर्लालीको १९ वर्षको अल्पायुमा निधन भएकोमा वडाबासी दुःखमा डुबेका छन् । उनका श्रीमान कमल दर्लामी भन्छन्, ‘उपचारको अभावले हामीलाई मात्र नभएर गाउँलाई नै रुवाएर गईन मुना ।’ उनको कोखबाट जन्म लिएको छोराको अवस्था भने राम्रो रहेको परिवारजनले बताएका छन् । सरोकारवाला निकायहरुले सुरक्षित सुत्केरी सेवा प्रचारका लागि मात्र नभएर सुत्केरीहरुको जीवन रक्षा कवच हुनुपर्ने गल्कोटवासीले माग गरेका छन् ।