संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले होमस्टे कार्यविधि जारी गरी नेपाल आएका पर्यटकलाई गाउ“गाउँमा पु¥याउने नीति लिएपछि पर्यटकीय गाउँमा होमस्टे खुल्न थालेका छन् । होमस्टेले नेपालका ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन र आर्थिक रुपान्तरण गर्न सफल भएका छन् । नेपालमा पहिलोपटक स्याङ्जाको सिरुबारीबाट होटस्टे संचालन गर्न शुरु गरिएको थियो । सिरुबारीबाट शुरु भएको होमस्टे संचालन गर्ने अभियान अहिले देशका धेरै ग्रामिण क्षेत्रमा पुगेका छन् । होमस्टेले पर्यटन गतिविधि बढाउन र ग्रामीण पर्यटनको जागरण ल्याउन सफल भएका छन् । ग्रामीण क्षेत्रमा पर्यटकीय पहुँच र गाउँको आर्थिक रुपान्तरणमा होमस्टे सबैभन्दा प्रभावकारी माध्यम बन्न पुगेको छ । शहरको कोलाहलबाट हैरान परेका आन्तरिक तथा बाह्य पर्यटकहरु अहिले गाउँ–गाउँका होमस्टेमा रमाउन थालेका छन् । ग्रामिण क्षेत्रमा स्वच्छ हावापानी, अर्गानिक परिकारको स्वाद, क्याम्प फायर गर्न पाईने र स्थानिय संस्कृतिको प्रत्यक्ष रुपमा अवलोकन गर्न पाईने भएको हुँदा होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटककै कारण होमस्टे भरिन थालेका छन् । ग्रामीण क्षेत्रमा जाने पर्यटक बढ्नुको प्रमुख कारण नै होमस्टे भएको छ । ग्रामिण क्षेत्रमा गरिवी निवारण र आर्थिक रुपान्तरण गर्न होमस्टेले महत्वपूर्ण भूमिका खेलेका छन् । होमस्टेमार्फत गाउँमा रोजगारका अवसर समेत सिर्जना भएका छन् । गाउँमा उत्पादन भएका खाद्य वस्तुको समेत गाउँमै खपत हुन थालेका छन् । ग्रामिण पर्यटनलाई व्यापक बनाउनको लागि सरकारले होमस्टेको प्रवद्र्धनका लागि चेतनास्तर बढाउने, तामिल दिने र पूर्वाधार निर्माणमा समेत सहयोगी बन्नुपर्छ । तब मात्र होमस्टे संचालन गरेका स्थानियलाई थप उर्जा मिल्ने छ । गाउँमा कुनै आर्थिक स्रोत नभएको अवस्थामा सरकारले ल्याएको होमस्टे कार्यक्रमको प्रभावकारिताका देशका विभिन्न ग्रामिण क्षेत्रमा फैलिएको छ । होमस्टेले आर्थिक समृद्धितर्फको बाटो खोलेको छ ।
लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारी, बाँकेको गाभरभ्याली, नवलपरासीको अमलटारी, बर्दियाको डल्लालगायतका स्थानमा विभन्नि जनजातिले चलाएका होमस्टेमा विदेशी पर्यटकको ओइरो नै लाग्ने गरेको छ । बागलुङ जिल्लामा होमस्टे संचालन गर्नुपर्ने धेरै पर्यटकीय संभावना बोकका ग्रामिण क्षेत्र भएपनि त्यतातिर हाम्रो ध्यान जान सकेको छैन । जिल्लाको भकूण्डे गाविसमा मात्रै व्यवस्थित रुपमा होमस्टे संचालन गरिएको छ । यो होमस्टे आन्तरिक पर्यटकको रोजाईमा परेपनि आन्तरिक पर्यटकलाई भने भित्राउन सकिएको छैन । भकूण्डे पर्यटकीय गाउँ हो । जहाँबाट हिमश्रृंखला र सुर्याेदयको अवलोकन गर्न सकिन्छ भने बराह तालमा डुंगा सयर, मुलाबारी र स्थानिय संस्कृतिको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । भकूण्डेको होमस्टेलाई व्यवस्थित र प्रचार–प्रसार गर्न सके बाह्य पर्यटक निम्त्याउन सकिन्छ । यतिमात्रै होइन जिल्लाकै अमरभुमीको भुस्कात, गलकोटको निलुवा, लुडेलेक र अनौठो संस्कृति बोकेको निसीमा पनि होमस्टे संचालन गर्न सक्ने होभने जिल्लामा आर्थिक तथा पर्यटकीय गतिविधिलाई बढाउन सकिन्छ । त्यसतर्फ सबैको ध्यान जानुपर्छ ।
Previous Articleपत्रकार महासंघको १७ औं स्थापना दिवस
Next Article उपभोक्ता हित र अस्तव्यस्त बजार