बागलुङ, २५ असार – ‘दिगो शान्ति र बिकास हाम्रो हाम्रो सरोकार’ भन्ने नाराको साथ संक्रमणणकालीन न्याय र सरोकारवालाहरुको भुमिका बिषयक एक दिवसीय गोष्ठी तथा सम्मान समारोह सम्पन्न भएको छ । सत्कर्म नेपालको मुल आयोजना र आमा मिलन केन्द्र, द्वन्द्वपीडित अधिकार समाजको साझेदारिता, जिससको सहयोगमा सम्पन्न कार्यक्रम जैमिनी नगरपालिकाको द्वन्द्व पीडितहरु, नगरका जननिर्वाचित प्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज प्रतिनिधिहरु बीच गोष्ठी सम्पन्न भएको हो । कार्यक्रमका जैमिनी नगरपालिकाको नगर प्रमुख ईन्द्रराज पौडेलले शान्ति र न्याय प्रकृयाका बारे धैरै थाहा पाउन आवश्यक रहेको र यस्तो कार्यक्रम महत्वपुर्ण भएको बताउदै स्थानिय निकायको भुमिकामा गंभिर भएर लागि पर्ने बताएका थिए । कार्यक्रममा उप–प्रमुख लिला रानाले यस्तो महत्वपूर्ण कार्यक्रमको लागि बृहत् कार्यक्रम हुनुपर्ने र शान्ति प्रकृयामा आफु पनि समाहित भई स्थानय निकाले सबै किसिमको भुमिका सुनिश्चित गर्ने विचार व्यक्त गरेका थिए । नगर कार्यकारी अधिकृत बिष्णुराज सुबेदीले द्वन्द्वरत दुबै पक्षलाई मल्हम लगाउने गरि सम्बोधन र सहकार्य गरि भुमिका खोजि गर्दै समाधान गर्ने बताए । सत्कर्म नेपालका कार्यकारी निर्देशक सिताराम थापाले कार्यक्रमको अवधारणा पेश गर्दै संक्रमणकालीन न्याय लिग हराएको रेल जस्तो भएको बताउदै स्थानिय सरकारको उल्लेख्य भुमिका हुनुपर्ने बताएका थिए । कार्यक्रममा जननिर्वाचित प्रतिनिधिहरुलाई दोसल्ला ओढाएर थापा र मिना थापा मगरले सम्मान गरेका थिए । द्वन्द्वपीडितहरु खुमा क्षेत्री, सुर्यचन्द्र कंडेल, उमाकान्त शर्मा, भक्तबहादुर बहिक र डिल्लीप्रसाद शर्माले सत्कर्म नेपालले सहयोग गरेको र भावी दिनमा स्थानिय निकाय बिच सहकार्य गरि नयाँ तरिकाले सम्बोधन गर्न अनुरोध गरेका थिए । यसैगरि राप्रपाका चेतबहादुर थापा, माओबादी केन्द्रका शोभाप्रसाद शर्मा, नेपाली काङ्ग्रेसका रबि शर्मा, उपभोक्ता मञ्च तथा बिद्यालय ब्यवस्थापनका अध्यक्ष तिलक थापा मगर लगायतले स्थानिय सरकारको भुमिका मांथि आफ्नो धारणा र सुझाव राखेका थिए । सत्कर्म नेपालका निर्देशक थापाको अध्यक्षता, द्वन्द्वपीडित समाजको ईलाका अध्यक्ष डिल्ली शर्माको स्वागत र संचालन सत्कर्म नेपालका कार्यक्रम अधिकृत कृष्ण पौडेलले गरेका थिए ।