बागलुङ, २४ असार – भीमापोखरा युवा क्लब (विवाईसी) बागलुङले बेलायती तथा नेपाली स्वयंसेकहरुलाई शुक्रबार स्वागत गरेको छ ।
क्लबले भीएसओ नेपालको सहयोगमा संचालन गर्दै आएको अन्तराष्ट्रिय नागरिक सेवा कार्यक्रममा सहयोग गर्न आएका सात औं व्याजको पहिलो साईकिलका स्वयंसेवकहरुलाई स्वागत गरेको हो ।
संस्थाका कार्यवहाक अध्यक्ष मनिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा बोल्दै काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले नागरिक सेवामा स्वयंसेवकहरुले पहिले पनि गर्दै आएको काम सह्रानिय रहेको बताउँदै अब पनि धेरै राम्रो काम गर्नेमा आशावादी रहेको बताएका थिए ।
स्वयंसेवकहरुले काँठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा र त्यस क्षेत्रका ५ विद्यालयमा १२ हप्तासम्म यौन तथा प्रज्वनन्, स्वास्थय, शिक्षा, वातावरण, लाईबेरी लगायतका बारेमा जनचेतना मुलक कार्यक्रम गर्ने संस्थाका कार्यवहाक अध्यक्ष शर्माले जानकारी दिए । कार्यक्रमको स्वागत भीमापोखरा युवा क्लबकासचिव तोया गौतम र संचालन आजिवन सदस्य विक्रम शर्माले गरेका थिए ।
Previous Article२३ असार २०७४, ढोरपाटन दैनिक
Next Article गल्कोटका अनाध बालबालिकालाई सहयोग