राजेशचन्द्र रा.भ.
वर्षा सिजन शुरु भएसंगै बाढी र पहिरोका घटनाहरु बढ्न थालेका छन् । मुलसधारे वर्षाका कारण बाढी र पहिरोले भौतिक सम्पत्ति तथा मानवीय क्षति पु¥याउन थालेका खबर दिनहुँ आउन थालेका छन् । शनिबार राती आएको पहिरोमा पुरिएर पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ होश्राङ्दीमा तीन जनाको ज्यान गएको छ । बस्तीमाथिबाट आएको पहिरोले पुरीएर उनीहरुको मृत्यु भएको हो । प्युठानमा पहिरोमा पुरिएर एक किशोरीको ज्यान गएको छभने पोखराको पर्यटकीय शहर लेकसाइटमा भल पस्ता भौतिक सम्पत्तिमा क्षति पुगेको छ । प्राविधिकको जाँच बिना खनिने गा्रमिण सडक र भूकम्पले धुजाधुजा बनाएको कमजोर भूगोलका कारण नेपालमा पहिरोको उच्च जोखिम छ । नेपाल भूकम्प मात्र होइन बाढी, पहिरोको पनि उच्च जोखिम छ । प्राकृतिक जोखिम उच्च भएपनि यसबाट हुने क्षति न्युनिरकणमा भने कुनै प्रभावकारी काम हुन सकेको छैन । नेपालका धेरै बस्तीहरु पहाड, नदी किनारहरुमा रहेकोले पनि बाढि तथा पहिरोको जोखिम छ ।
गत वर्ष बागलुङको पश्चिम हुदै बग्ने बडीगाड खोलामा भीषडा आउँदा ठूलो धनजन र मानवीय क्षति हुन पुगेको थियो । बाढीले पु¥याएको क्षतिबाट पाठ सिक्दै खोला किनारमा बाँध बाध्नु पर्ने भएपनि त्यो काम हुन सकेको छैन । विपत् व्यवस्थापन सम्बन्धि काम गर्ने समयमै काम नगर्दा यो वर्षपनि बाढीले क्षति पु¥याउने संभावना छ । सो क्षेत्रका बासिन्दाहरु वर्षा हुन साथ सुरक्षित स्थानमा रात कटाउन विवश छन् । अर्काेतर्फ अहिले गाउँ–गाउँमा मोटरबाटो खन्ने परम्पराका कारण पनि पहिरो जोखिम बढेको छ । प्राविधिक जाँच बिना खनिने सडक जोखिमपूर्ण हुने विज्ञहरु बताउँछन् । वर्षामा हुने जोखिम न्युनीरकण गर्न जति काम हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । यसको उदाहरण भूकम्पबाट पीडित बनेकाहरु हुन । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पीडितहरु पालमुनी रात गुजारी रहेका छन् ।
अर्काेतर्फ विपत व्यवस्थापनको लागि बनाइएको ऐनलाई पूर्ण कार्यान्वयन गर्न सकिएको छैन । जोखिमपछिको विपत व्यवस्थापनतर्फ भएको कमजोरीलाई सुधार्दै ऐनलाई कार्यान्वयन गर्न जरुरी छ । देशमा ऐन कानुन फितलो भएको र ऐन कानूनले सबैलाई बाध्न नसकेको कारण पनि विपत् र क्षति न्युनिकरण गर्न नसकिएको हो । वर्षामा खोलानालामा आउने भीषड बाढीबाट जनतालाई सुरक्षित बनाउनको लागि सुरक्षित ठाउँको व्यवस्था गर्नुपर्छ । अर्काेतर्फ वर्षामा हुने पहिरोबाट बच्न नागरिकलाई समेत सचेत गराउनु पर्छ । नेपालको विपत् व्यवस्थापन गर्ने निकाय साधन स्रोत सम्पन्न छैन । त्यसले गर्दा पनि प्राकृतिक विपत् हुँदा साथ सम्बन्धि ठाउँमा पुग्न नसक्ने, नागरिकलाई समयमै जोगाउन नसकिने अवस्था छ । केन्द्र, क्षेत्र र जिल्लामा केन्द्रित हुने विपत व्यवस्थापन निकायलाई हरेक क्षेत्रमा स्थापना गर्नुपर्छ । वर्षामा हुने जोखिमप्रति सम्बन्धित निकाय सचेत भई विपत् व्यवस्थानको लागि चनाखो हुनुपर्छ ।
Previous Articleक्षति न्युनिकरणमा सचेत हौ
Next Article सुगंगा पुरस्कारबाट श्रेष्ठ सम्मानित