गुल्मी, १७ असार – गुल्मीको मुसिकोट नगरपालिकामा एमाले बिजयी भएको छ । मेयरमा एमालेका सोमनाथ सापकोटा ६५३३ मतका साथ विजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कृष्णहरी सापकोटाले ५४६८ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकै कमला शर्मा ६४७४ मत सहित बिजयी भएकी छन् ।
प्रतिद्वन्द्वी कांग्रेसकी बिष्णकुमारी सापकोटाको ५५९४ मत प्राप्त भएको छ । गुल्मीका २ नगरपालिकामध्ये रेसुङ्गा र मुसिकोट दुवैमा एमालेले जित हासिल गरेको छ ।