ज्यो। सूर्य पौडेल
२०७४ असार १६ शुक्रबार, सप्तमी
३० जुन २०१७
तपाईको आज
मेष– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
वृष– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मिथुन– अशुभ समाचारको प्राप्तिले चित्त व्याकुल ।
कर्कट– धनलाभसँगै कार्यसिद्धिको योग ।
सिंह– असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने ।
कन्या– नयाँ कार्यक्षेत्रमा, गरेको लगानीले फाइदा भित्र्याउने।
तुला– विश्वासपात्रबाटै घात प्रतिघातको उच्च सम्भावना ।
वृश्चिक– अनायासै धन जनिन लाभको योग ।
धनु– आँटेका कार्यहरु अधुरा नै रहने ।
मकर– व्यापार व्यवसायमा प्रतिकुलता देखापर्ने ।
कुम्भ– प्रायः हरेक काममा नोक्सानी मात्रै सहनुपर्ने ।
मीन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।