नेपालका १ करोड ४ लाख युवामध्ये अहिले पनि २६ प्रतिशत बेरोजगार रहेका छन् । स्वदेशमा रोजगारका थुप्रै अवसर भएपनि गाउँघरमा कृषि कर्म गर्न लाज मानेर खाडीमा पसिना बगाउने प्रचलनकै कारण युवा पलायन भएका छन् । विदेशमा भोगेको दुःखलाई सम्झेर पनि थुप्रै युवाहरुले गाउँ घरमै साना–ठूला व्यवसाय संचालन गरिरहेका छन् । खाडी मुलुकमा सोचे जस्तो काम र दाम नभएपनि युवाहरु विदेश पलायन हुने क्रम रोकिएको छैन । वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीका एजेण्टहरुका चिल्ला कुरामा गाउँले युवाहरु फसेकै कारण धेरै नेपाली युवाले खाडी मुलुकमा सोचे जस्तो काम र दाम पाएका छैनन् भने निकै नै कष्टपुर्ण जीवन भोगिरहेका छन् । सयौ युवाहरु कम्पनीले तलब र काम नदिँदा अलपत्र परेका घटनाहरु थुप्रै छन् । उनीहरुले स्वदेशमा फिर्तीका लागि नेपाल सरकारसंग अपिल गर्न बाध्य भएका छन् ।
नेपालमा थुप्रै रोजगारका अवसर भएको हुँदा उनीहरुलाई रोजगारसंग जोड्नको लागि सरोकारवाला निकायले प्रभावकारी भूमिका खेल्न जरुरी छ । युवाहरु सक्रिय भएकै कारण देश अगाडि बढिरहेको छ । तर सोचे जति युवाहरु उद्यमशिलासंग जोडिएका छैनन् । युवा निस्कृय भएका देशहरु विकासको गतिमा पछाडि परेका थुप्रै उदाहरणहरु छन् । त्यसैले देशलाई विकासको गोरेटोमा डोहो¥याउन सरकारी निकायले रोजगारी र उत्पादनमुखी अभियान चलाउन जरुरी छ । युवाहरुलाई उद्यमशिलतामा लगाउन नसक्ने होभने युवा पलायन रोक्न पनि संभव छैन । अवसर सिर्जना गर्न सरकारी, गैरसरकारी संस्था र नीजि क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ । रचनात्मक काम गर्नेलाई सम्मान र प्रेरित गरेर पनि उद्यमशिलतामा आर्कषित गर्न सकिन्छ । राज्यले अवसर सिर्जना गरेपछि युवाले उत्पादनको क्षेत्रमा राज्यलाई योगदान दिन पनि पछि हट्नु हुँदैन ।
युवालाई रोजगारीको क्षेत्रमा लाग्न सक्ने गरी तालिम दिएर दक्ष बनाउन विशेष कार्यक्रम ल्याउने जरुरी छ । सिलाई, व्युटिपार्लर, ल्पम्बीङ, टिभी तथा मोटरसाईकल मर्मत, हाउस वायरिङ र होटल म्यानेजमेन्ट लगायतको विषयमा तालिम दिने होभने रोजगारमा लाग्न प्रेरित गर्छ । विदेशमा दुःख भोगेर स्वदेश फर्किर कृषि कर्ममा लागेका युवाहरुले राम्रो आम्दानी पनि गर्न थालेका छन् । सानो लगानी गर्ने होभने कृषि पेशाबाट मनग्य आम्दानी पनि गर्न सकिन्छ भन्ने कुरा युवालाई जानकारी गराउनु पर्छ । अर्काेतर्फ स्वदेशमै व्यवसाय संचालन गरेका युवाहरुलाई सरकारी निकायले अनुदान रकमको पनि व्यवस्था गर्नुपर्छ । युवाहरुलाई संगठित गर्दै कुखुरा तथा बंगुरपालनमा पनि प्रेरित गर्न जरुरी छ । समूह आवद्व युवाहरुलाई ५ लाख रुपैयाँसम्म निव्र्याजी पूँजि दिने व्यवस्था छ । यसको बारेमा धेरै युवाहरु अनभिज्ञ पनि छन् । युवा विदेश पलायन हुँदा देश बनाउने जनशक्तिको अभाव भईरहेको छ । रेमिट्यान्सले अर्थतन्त्रमा केही योगदान गरेपनि त्यसले दिर्घकालिन रुपमा फाइदा गर्दैन । त्यसैले युवाहरु विदेश पलायन हुनबाट रोक्दै स्वदेशमै रोजगारका अवसर सिर्जना गर्नुपर्छ ।
Previous Articleबसाईसराईका कारण र असर
Next Article दोस्रो चरणको चुनाव उत्साहपूर्ण रुपमा सम्पन्न