रोल्पा, १४ असार– रोल्पाको धवाङस्थित भनभने मतदान केन्द्रमा एक जना मतदाताले मतदान गर्ने क्रममा लुकाएर लगेको एसिड मतपेटिकामा खसालेपछि सो मतदान केन्द्रको मतदान प्रकृया रोकिएको छ । रोल्पा नगरपालिका १० स्थित मतदानकेन्द्रको ‘ख’ बुथको एक मतपेटिकाबाट बिहान साढे १० बजे धुलो उडेपछि घटना सार्वजनिक भएको थियो ।
कुनै मतदाताले मतदान गर्ने क्रममा एसिड छिराएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय रोल्पाका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार एसिड राख्ने व्यक्तिको पहिचान हुन सकेको छैन । घटनापछि सवै राजनीतिक दलका प्रतिनिधि र मतदानअधिकृतविच मतदान सुचारु गर्ने विषयमा छलफल भइरहेको डिएसपी घर्तीले जानकारी दिए । डिएसपी घर्तीका अनुसार ठुलो घटना नभएका कारण सवै दलका प्रतिनिधिहरुको रोहवरमा चाडै मतदान प्रकृया सुचारु गर्ने तयारी भइरहेको छ ।