वर्ष यामको शुरुवात संगै बाढी पहिरोका घटना हुन थालेका छन् । वर्षा याममा हुने प्राकृतिक विपत्तिका कारण सर्वसाधरण नागरिकले ज्यान गुमाउन बाध्य भएका छन्भने कोही अंगभंग र घरबार गुमाउन विवश छन् । हरेक वर्ष वर्षा याममा हुने प्राकृतिक विपत्का कारण धेरै नागरिकले सर्वस्व गुमाएका छन् । त्यसैले यस्ता प्राकृति विपत्मा परेका नागरिकलाई उद्वार र राहत प्रदान तथा जोखिम न्युनिकरण गर्नको लागि विपत् व्यवस्थापनको तयारी गर्न जरुरी छ । गत वर्ष बडीगाड खोलामा भीषण बाढी आउँदा धेरै घर खोलामा बिलिन भएभने नागरिकको पनि ज्यान गयो । यतिमात्रै होइन खोलामा आएको बाढीले धेरै नागरिकलाई उठीबास लगायो भने ठूलो मात्रामा भौतिक संरचनाको क्षति भयो भने सर्या रोपनी जमीन बगरमा परिणत भयो । त्यसैले वर्षा याम हुने यस्ता प्राकृतिक जोखिमको कम गर्नका लागि सरकारी निकायसंगै स्थानियले पनि सक्रियता जनाउन जरुरी छ ।
विपत जोखिम कम गर्नको लागि गलकोट मल्मका नागरिक आफै जुटेका छन् । सरकारी निकायबाट प्राप्त भएको सानो रकमको सदुपयोग गर्दै श्रमदान समेत जुटाएर मल्मका बासिन्दाले बाढी पहिरो रोकथामको अभियान संचालन गरेका छन् । गलकोट नगरपालिकाको मल्मबासीले प्रगती प्रावि, प्रगती बाल विकास केन्द्र तथा बस्तीमा परेको जोखिम तटवन्ध गरेका हुन् । जिल्ला भूसंरक्षण कार्यालयको सानो सहयोगबाट उनीहरुले चारगुणा बढी श्रमदान र लगानी समेत गरेका छन् । कार्यालयले दिएको ५० हजार सदुपयोग गर्दै २ लाख ५० हजार रुपैयाँको काम गरेर देखाएका छन् । जुन नागरिक स्तरबाट गर्नुपर्ने दायित्व हो त्यो मल्मबासीले गरेर देखाएका छन् । हुलुवाखोलामा भएका अन्य जोखिमका क्षेत्र पनि तटबन्ध गरेर सुधार गरेका छन् । पहिरो रोकथाम, बाढी नियन्त्रण जस्ता काममा जाली वितरण गर्ने तथा स्थानीयलाई जागरुक गराएर आफ्नो क्षेत्रको सुरक्षा आँफै गर्ने वातावरण पनि बनाउने काम भूसंरक्षण गरेको छ त्यसमा नागरिकले पनि हातेमालो गर्नुपर्छ ।
गत बर्षको बाढी पहिरोले जोखिममा परेको बुर्तिवाङ बजारलाई संरक्षण गर्नका लागि जिल्ला भूसंरक्षण कार्यालयले व्यापक तटबन्धको काम गरेको छ । बजारको छेउछेउमा गएको पहिरो नियन्त्रण गर्दै तटबन्ध गरेपछि यो बर्षातमा बाढी पस्न नसक्ने बनाईएको छ । बाढी शक्तिशाली भएको हुँदा खोला छेउका बस्तीलाई बचाउनको लागि व्यवस्थित तटबन्ध लगाउनु पर्छ । त्यसमा नागरिकको पनि सहभागी हुनुपर्छ । बाढीको जोखिम हुने ठाउँमा एउटा सरकारी निकायले मात्रै काम गरेर नियन्त्रण गर्न संभव हुँदैन । व्यवस्थित तटबन्धको लागि ठूलो आकारको बजेट आवश्यक पर्छ । त्यसैले सम्बन्धित निकायले यस्ता संवेदनशिल क्षेत्रमा बजेट विनियोजन गर्न आनाकानी गर्नु हुँदैन । वर्षामा बाढी मात्रै होइन पहिरोको पनि अति जोखिम हुन्छ । बाढी पहिरोमा परेकालाई समयमै उद्वार र राहत प्रदान गर्नको लागि विपत व्यवस्थापन चुस्त हुनुपर्छ । विपत व्यवस्थापनको लागि तयारी गर्ने होभने क्षति कम गर्न सकिन्छ ।
Previous Article७ असार २०७४, ढोरपाटन दैनिक
Next Article खस्किदो व्यापार व्यवसाय र बागलुङ बजारको भविष्य