सज्जन कुमार सिंह
गण्डकीमा सुनिलको चिता
घडि दिनको १२ बजेको नेराघेरामा थियो । शनिबार, कालीगण्डकीको किनारमा एउटा चिता जलिरहेको थियो । खोला माथिको बरपिपलको रुखमा एक झुण्ड मान्छेहरु जलिरहेको चिता हेरेर रोइरहेका थिए । केहि आफन्त प्रहरीलाई सराप हालिरहेका थिए र केहि मान्छेहरु लागुऔषध र युवाहरुको विषयमा चिन्ता व्यक्त गरिरहेका थिए । असारको हिलो र मैलो लिएर बगिरहेको कालीगण्डकी र कलिलो उमेरको युवा गुमाउँदा पिडा बोकेर बगिरहेका आसू कैयौ फरक थियो । किनारमा जलिरहेका चितासँग धेरैका समवेदना थियो । साथीहरुको स्नेह र सम्झना जलेको थियो त्यति बेला । उमेरले १७ बसन्त पनि पार नगरेको भर्खर फक्रन लागेको एउटा संभावनाको चिता जल्दै थियो । त्यो चिता थियो सुनिल पुनको । उनीसँगै एउटा कलिलो जीवनको दुःखद अन्त्य थियो ।
कालीगण्डकी नदीमा बेपत्ता भइ आठ दिनमा भेटिएका सुनिलको दाहसंस्कार गरिदै रहेछ । सुनिल पुनको मृत्युमा प्रहरी दोषी भएको भन्दै क्षतिपुर्ति र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनको कार्यक्रम पनि भए । प्रहरीविरुद्व मुद्दा दर्ता गर्ने सहमति जनाएपछि मृतकका आफन्तले सुनिलको शब बुभ्mन तयार भएका रहेछन् । यदि यसमा प्रहरी दोषी छभने छानविन हुनुपर्छ र उसलाई नागरिकप्रति जवाफदेही बनाउनुपर्छ । सुधार्ने हो कसैले पनि मान्छे मार्ने होइन ।
आगोमा एउटा होनाहार युवाको पार्थिक शरीर जलिरहँदा मेरो मन भने यो समाजका कलिला युवाहरुको दुर्दशा सम्झेर जलिरहेको थियो । कोही युवा खाडीमा घर परिवार पाल्न ५५ डिग्रीको मरुभुमिमा काम गरिरहेका छन् । कोही लागुऔषध र दुव्र्यसनीका कारण जलिरहेका छन् । सुनिलका बाआमा छोराको स्नेह र समर्पण, त्याग र भोलिको बुढेसकालको सहारा जलाउदै थिए । यो देशको एउटा कर्णदार जल्दै थियो । चिता जल्नु र चिन्तामा जल्नु फरक छ तर चिन्ता र चिताको सम्बन्ध प्रगाढ छ ।
चिता अन्तिम सत्य हो । यसलाई कसैले टारेर पनि टार्दैन । तर नफुल्दै झर्ने यो अवस्था र यस्तो नियतिको हामी साक्षी बन्नु परेको छ । यस्ता कैयौ घटनाहरुको हामी मृुखदर्शक बन्नु परेको छ । कलिलो उमेरमै आफूसँग भएको एउटा छोरा यसरी मृत्यूवरण गर्दा उनका बा आमाको आधा संसार ढलेको छ । चिता हेरेर हामीले केहि थोपा आसु झा¥र्यौ तर हामी सधै आसु मात्र झारेर यस्ता समस्यालाई थाती राख्ने कि समाधानको बाटोमा पनि जाने भन्ने प्रमुख कुरा हो ।
प्रश्न सुनिल मर्नुको मात्र होइन प्रश्न त हाम्रो सपना मर्नुको हो । मान्छेहरु जन्मन्छन् मर्छन । यसमा कुनै ठूलो कुरा होइन । मान्छेहरु हाँस्छन् र रुन्छन् यो पनि ठुलो कुरा होइन । ठुलो कुरा त यो हो मान्छे के कारणले रुदैछ र मान्छे के कारणले हास्दैछ । नुहाउन भनी ट्याक्सी लिएर गएका सुनिललाइ प्रहरीले खानतलासी ग¥यो रे, उनीहरु सवार ट्याक्सीमा लागुऔषध प्रयोगका सामान भेटिए र उनी भागेर गण्डकीमा हामफाले रे । फेरी पौडिएर निस्किन खोजे रे । फेरी म्यादी प्रहरीले पिछा गर्दै ढुँगाले हानेरे यीनै भनाईहरु बाहिर आए । कारण जे भएपनि यो वा त्यो रुपमा यसअघि यो समुह स्वंयम् सुनिल पनि लागुऔषधमा जोडिएको भन्ने कुरा आयो । उनी जोडिए सिके वा अम्मली बने यसमा उनको दोष त रह्यौ नै । त्यो भन्दा बढि यो समाज र हाम्रो पनि दोष छ । सोधपुछ गर्दै गर्दां कुनै गल्ती नभए उनी भाग्नु पर्ने थिएन तर कसैलाई धम्काएर लखटेर ढुँगा हान्नु गलत थियो । प्रहरी समाजको हित र विकासका लागि सहयोग गर्ने महत्वपुर्ण अँग हो । उनी भाग्नु र खोलामा हाम फाल्नुमा उनको दोष रह्यो । उनको काचो दिमागको दोष रह्यो । मृत्यू हुनुमा उनी स्वयम् ४० प्रतिशत दोषी छन् ३० प्रतिशत साथी दोषी छन् । बाँकी हामी र प्रहरी प्रशासन दोषी छौ । मृत्यूको दोष केवल सुनिललाई मात्र दिएर हामी उम्किन मिल्दैन । उनको मृत्यू हुनुको कारणमा उनी उनको परिवार, हाम्रो समाज, हाम्रो संस्कार, हाम्रो धर्म, उनको सँगत, हाम्रो राज्य पनि हो ।
कसरी भयो सुरुवात
परम्परा र मान्यताका लागि चार्डपर्वका लागि जाति विशेष रक्सी तथा मादक पदार्थलाइ स्वतः रुपमा सँस्कृति र समाजले खुल्ला गरिदिएको छ । भाङ धतुरो र गाजालाई त भगवानको प्रसाद खाएर हामी बेहोसी हुन्छौ । कुनै–कुनै जातिमा रक्सी र गाजाबिना कुनै धार्मिक अनुष्ठान नै अपुर्ण मानिन्छ । त्यतिबेला हामीले आफ्नै छोरालाई भगवान शिव जी देख्छौ । त्यहिबेला हामीले जाँडरक्सी चुरोट नै लागु औषधका पहिलो खुड्किला हुन जसलाई यहि समाजले यहि धर्मले र हामीले सिकाएका छौ । हामीले बच्चाहरुलाई दिने संस्कार, उनीहरुलाई गर्ने स्याहार र व्यवहारलाई राम्रोसँग पहिचान गर्नु जरुरी ठान्दैनौ । सबैभन्दा बढि त समाज, परिवार र वरपरको वातावरणको प्रभाव सर्छ हरेक बच्चा तथा युवाहरुमा । बाबाआमाले भने जति पैसा दिनु, बढि व्यस्त हुने । सुख सुविधा दिने नाममा समृद्व परिवारले बढि नै स्वतन्त्र छाडिदिनु । विद्यालयबाटै कुलतमा फस्ने गरेका तितो यथार्थले आमशिक्षा क्षेत्रसँग सम्बन्ध राख्ने धेरैलाई पिरलेको छ । कौतुहल र बढी चन्चले स्वभाव हुने किशोर अवस्थामा यसलाई सानका रुपमा अघि सारिनु, मिडिया र चलचित्र सिरियलहरुमा नायक तथा शक्तिशाली पात्रले चुरोट रक्सी प्रयोग गर्नाले यसको सिको बच्चाले र युवाले पनि गरेका छन् ।
नेपालमा लागुऔषधको प्रयोग कहाँबाट कहिले भयो भन्ने ठ्याक्कै एकिन नभएपनि हामीले सदियौदेखि प्रयोग गर्ने भगवानको प्रसाद नै यसको सुरुवात हो । रक्सी, गाजा चरेस, भाङ धतुरोलाई विभिन्न संस्कार चार्डपर्वमा प्रयोग हुन्छ । भने सुई प्रयोग गरि विभिन्न औषधी मिसाइएका लठ्ठाउने पदार्थ प्रयोग गरि कडा खालको पदार्थ प्रयोग गरिन्छ । जसको मुल्य बढि पर्छ र बाहिरबाट मगाएर नेपाल भित्राइन्छ । क्याफिन, रक्सी, तमाखु, जिएचवी, हिरोयन, म्याजिक, मसरु, इस्टासी, कोकिन, कनाविज, मेठाडन लागुऔषध अहिले नेपालमा प्रयोग भइराखेको प्रहरी रिपोर्टले देखाउँछ ।
नेपाल भारत बीचको सिमा नाकाबाट र विदेशबाट आउने पर्यटकहरुले अन्य बढि मात्राका लागुऔषधलाई नेपालमा प्रवेश गरेको पाइन्छ । पोखरामा विदेशी पर्यटकका कारण पनि दुव्र्यसनी बढेको भनेर भनिन्छ । पोखरा, काठमाण्डौ, धरानलाई सबैभन्दा बढि दुव्र्यसनी भएको क्षेत्र भनेर सरकारी तथा गैरकारी रिपोर्टमा उल्लेख गरिएको छ । गृह मन्त्रालयको सर्वेक्षण अनुसार दुव्र्यसनी ६ गुणाले वृद्वि भएको छ । लागुऔषध दुव्र्यसनी तथा अवैध ओसारपसार विरुद्वको अन्तराष्ट्रिय दिवशमा सार्वजनिक तथ्याँकमा ५० हजारभन्दा बढि पूर्ण रुपमा दुव्र्यसनमा फसेको पाइएको छ । ७.२ प्रतिशत महिला पनि दुव्र्यसनीमा फसेको तथ्याँकमा उल्लेख छ । ८० प्रतिशत त १३ देखि १९ बर्षसम्मका विद्यार्थी छन् । यो सबैभन्दा बढि डरलाग्दो अवस्था हो ।
देशभरमा दुव्र्यसनीको संख्या बढिरहेको छ । यसमा सबैभन्दा बढि युवाहरु फसेका छन् । जसको उदाहरण बागलुङ पनि हो । एउटा १७÷१८ बर्षको युवा सिर्जना र सकरात्मक सोचमा देशलाई योगदान दिन लाग्नु पर्ने बेला । चिनका १७ बर्षिय युवाले जहाज बनाए रे, अमेरिकाका १७ बर्षका युवाले विश्वलाई चमात्कार नै गर्नें गरि नयाँ रेकर्ड राखेको समाचार पढिरहँदा हाम्रा १७÷१८ बर्षका युवालाई लागुऔषध र दुव्र्यसनी बनाएर चितामा आगो झोसिरहेका छौ । उर्जाशिल उमेरमा देश बनाउनेहरु रोगी बन्दा, देशका लागि घाडो बन्दा कसरी देशले काँचुली फेर्ला ? कसरी स्वच्छ बन्ला ? यो गम्भिर प्रश्न हो ।
रोकथाम के हो त ?
अफिन लागुपदार्थ दुव्र्यसनी रोक्न मर्फिन १८०५ मा आयो । अमेरिकाको गृह युद्धमा घाइते सैनिकलाई पिडा कम गर्न मर्फिनको प्रयोगलाई बढायो । मार्फिन त झन् अफिमभन्दा १० गुणा हानिकारक बन्यो । दुव्र्यसनी भइसकेपछि मानसिक शारीरिक दुर्वलता ल्याउँछ । मस्तिस्क, मुटु, फोक्सो र संवेदनशिल अंगमा आघात पारि मानविय स्वास्थ्य नै खराबी गर्छ । मान्छे बढि उत्तेजित हुने, झगडा र अपराध गर्ने, चोरी डकैती, आत्महत्या, ठगी र वेश्यावृत्ति पनि गर्ने गर्छन् । बागलुङमा पनि लागुऔषधमा फसेका युवा–युवतीले सानैमा शारीरिक सम्पर्क राख्ने असुरक्षित गर्भपतन गर्ने गरेको डरलाग्दो तथ्याँक सार्वजनिक भएको छ । दुव्र्यसनीमा लागेका गैरजिम्मेवारी हुने, एकोहोरो हुने, समाजभन्दा बढि एकलोपन रुचाउने खालका हुनछन् । उनीहरुले फरक व्यवहार देखाउँछन । अन्तराष्ट्रिय रुपमा १९०९ को अफिन कमिसनले दुव्र्यसनी नियन्त्रणको प्रयास थालेको पाइन्छ । हेग कन्भेन्सनले २०१२ मा कानुन बनाएर सन् १९८८ को महासन्धीले लागुऔषध समस्यालाई उठाएर नियन्त्रण गर्ने कार्यक्रम थालेको थियो । लागुऔषध दुव्र्यसनी र अवैध ओसारपोसार सम्बन्धी १९८७ को अन्तराष्ट्रिय सम्मेलनमा लागुऔषधको मागको र रोकथामबारे बहस चलाईएको थियोभने नेपालमा पनि सरकारी तथा गैरसरकारी तवरबाट यसको न्यूनिकरणबार कार्यक्रम चलाइएको छ । नेपालका घरघरमा प्रायः रक्सी चुरोटको विज्ञापन छापिएका छन् । केहि समय अघिबाट चुरोटको सार्वजनिक विज्ञापन रोकियो तर रक्सीको रोकिएन । साहसीको एक मात्र चाहना खुकुरी चुरोट तथा जीउ जिन्दगी रमेर सेनमेगल यस्ता विज्ञापन र उक्साहटलाई रोक्नु पर्ने देखिन्छ । नेपालमा सुर्तिजन्य र मदिराजन्य पदार्थबाट १२ अर्ब राजस्व सँकलन हुने गरेको छभने यसबाट लाग्ने रोग नियन्त्रणका लागि ४८ अर्ब बार्षिक सरकारी बजेट जाने गरेको छ । सुर्तिजन्य र मदिराजन्य पदार्थ रोक्न, धार्मिक तथा साँस्कृतिक मान्यताका आधारमा जाँडरक्सी, गाजा चरेशको प्रयोग रोक्नेबारे पनि सोच्नु पर्छ भने । जानी नजानी यो क्षेत्रमा प्रवेश गरेकालाई माया र प्रेमको साथमा पुनः नयाँ जिवन दिने गरि सबैले पहल गर्नुपर्छ । हामी हाम्रो समाजले सुरुवात गरेको जाँडरक्सी गाजाबाटै मान्छे दुव्र्यसनी बनेको छ । त्यसैले अबका सचेत सजग युवालाई यसबाट टाढा राख्न हरेक अभिभावक, हरेक नागरिक र प्रहरी प्रशासनले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । मृतक सुनिललाई श्रद्वाञ्जली । अब कहिल्यै यस्तो नहोस् ।