म्याग्दी, ६ असार-जिल्लाका भूकम्प प्रभावित किसानलाई कृषि औजार तथा साम्रागी खरिदमा कर्मचारीले घोटला गरेको भन्दै सामान फिर्ता गरिएको छ । चालु आर्थिक वर्ष २०७३÷०७४ को राष्ट्रिय पुननिर्माण राहत पुर्नस्थापना कार्यक्रम मार्फत भूकम्प प्रभावित कृषकले खरिद गर्नुपर्ने कृषि औजार तथा सामाग्रीमा जिल्ला कृषि विकास कार्यालयका कर्मचारीले विना जानकारी सामान खरिद गरेर अनुदान रकममा अनियमितता भएको कृषक प्रेम गिरीले बताए । ‘१० हजार पनि नपर्ने सामानलाई ३२ हजारको बुझिलिएको भरपाई गरे । राज्यको अनुदानमा कर्मचारीको रजाई रोक्नुपर्छ’ गिरिले भने । जिल्लामा रहेका भूकम्प प्रभावित कृषकलाई अनुदान कार्यक्रम अन्र्तरगत ड्रिप इरिगेशन ग्रेविटि विथ टैंक (थोपा सिँचाई) जिल्लाका १० जना कृषकहरुलाई ३२ हजार सात सय ५० रुपैयाँ बराबारको कृषि साम्रागी वितरण गनुर््पर्नेमा कमशल र कम सामाग्री उपलब्ध गराएको सामान फिर्ता गदैं गिरिले आफुँले जम्मा गरेको १० प्रतिशत प्रतिशत अर्थात तीन हजार २ सय ७५ रुपैयाँ फिर्ता मागेका छन् । गतबर्ष राष्ट्रपति कृषक सम्मानबाट समेत पुरस्कृत भएका गिरिले कृषकले आवश्यकता अनुसारको साम्रागी खरिद गरी बिल उपलब्ध गराउने बताइएपनि एक्कासी साम्रागी बुझ्न बोलाएको समेत गुनासो गरे । उनले कृषकलाई प्रोत्साहन भन्दा पनि अनुदानमै कमिसनको चलखेल भएको महसुस गरेपछि समान फिर्ता गरेको बताए । नयाँ शक्ती पार्टीका जिल्ला नेता समेत रहेका गिरिले ५ सय मिटर टक्की, ३ सय मिटरको थोपा सिचाईको पाईप,३० मिटरको साधारण फिल्टर लगाएतका जडानका उपकरण रहेका छन् । पाईप भारत र इजरायलबाटै खरिद गरिएको कर्मचारीले बताएपनि बजारमै सहजै उपलब्ध रहेको कृषकको भनाई छ । जिल्ला कृषि विकास कार्यालयले २०७४ जेठ २६ गते जारी गरेको सुचनामा कृषि विकास समितिको निर्णय अनुसार आफुँलाई परेको साम्रागी बजारबाट खरिद गरी खरिद गरिएको साम्रागीको भरपाई खुलाई कार्यालयबाट प्रमाणित गरी भुक्तानी लिन भन्दै सुचना प्रकाशित गरिएको थियो । अनुदानको साम्रागी लिन ११ जनाको निवेदन परेकोमा १० जनाले दिएको निवेदनमा समेत सामान खरिद वापतको रकम भुक्तानी दिने आसयको निवेदन पेश गरिएको छ । कार्यालयको सुचना र कृषकको निवेदनको प्रक्रिया मिलेपनि भुक्तान र सम्झौतमा कृषक प्रत्यक्ष सहभागि हुनुपर्ने भएपनि कार्यालयले सहजता भन्दै चलखेल गरेको देखिएको छ । यता कार्यालय प्रमुख श्यामराज रिजालले अनुदानको रकम दुरुपयोग नगरेको दावी गरेका छन् । उनले कृषकलाई बैकमा खाता खोल्न झन्झट हुने भएकाले आर्थिक भुक्तानी जडान भएपछि कार्यालयबाटै भुक्तान गर्ने बताए । कृषकबाट रकम मागको निवेदन पेश गरिएपनि रकम भुक्तानमा कुनै संलग्नता देखिदैन् । कृषि औजार तथा सामाग्री खरिदमा यो वर्ष ७ शिर्षकमा ३२ लाख ९० हजार प्राप्त भएको कार्यालयले जनाएको छ ।