काठमाडौं, ६ असार- हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभीरएड्स संक्रमण देखिएको छ । ‘चढाइएको रगतबाट ती युवालाई एचआईभीरएड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा।अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन, उपयोगकर्तामा एचआईभीरहेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ ।’
रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरूले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो । ‘ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्घि हुँदै जाने देखिन्छ,’ डा रायमाझीले भने । रगत चढाइएकै कारण एचआईभीरहेपाटाइटिस बी र सी लगायतका अन्य रक्तजन्य संक्रमणमा पर्नेको संख्या बढेको भए पनि यसको आधिकारिक तथ्यांक सरकार र स्वास्थ्य संस्थाहरूसँग छैन |
Previous Articleपाँच सय ७४ वर्ष पुरानो पर्यटकीय स्थल ओझेलमा
Next Article स्थानीय शान्ति समिति भंग गर्ने सरकारको निर्णय