काठमाडौ, १ असार- असार १४ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न सरकारले गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी र गृहमन्त्री जनार्दन शर्मासहित आयोगका प्रमुख निर्वाचन आयुक्तबीच भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले असार १४ को चुनावी मिति तलमाथि गर्दा के फरक पर्छ भनेर सोधेको प्रश्नमा आयोगले निर्वाचन मिति नसार्न चेतावनी दिएको हो । जवाफमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगले गर्नुपर्ने सम्पुर्ण तयारी गरिसकेकाले असार १४ मै निर्वाचन गर्न सरकारलाई आग्रह गदै तोकिएको मितिमा चुनाव नभए मुलुकमा राजनीतिक दुर्घटना हुनसक्ने भन्दै सचेत गराएका थिए ।
उनले पटक पटक निर्वाचन सारेको स्मरण गराउदै यदि फेरी पनि निर्वाचन सारे मुलुकमा ‘पोलिटिकल इलोक्ट्रोरल डिजास्टर’ (ठुलो राजनीतिक दुर्घटना) हुने भन्दै सरकारलाई त्यसतर्फ सर्तक रहन आग्रह पनि गरेका थिए । छलफलपछि डा यादवबले सरकारले फेरी पनि निर्वाचन सार्ने मनसाय राखेको आफुले पाएको भन्दै निर्वाचन सार्दा आइपर्ने समस्याबारे समेत अवगत गराएको बताए ।
जवाफमा प्रधानमन्त्री देउवाले राजपालाई सहमतिमा ल्याउन अझै केही समय लाग्ने र उसले समेत निर्वाचनको मिति सार्न आग्रह गरेकाले आफुले आयोगको धारणा मागेकोमात्र बताएका थिए । प्रधानमन्त्रीको कार्यलय सिंहदरावरमा भएको छलफलमा गृहमन्त्री जर्नादन शर्माले असार १४ मा निर्वाचन गर्नका लागि सवै सुरक्षा अवस्था तयारी अवस्थामा रहेको जनाएका थिए । त्यसक्रममा सरकारको निर्वाचन सार्ने प्रस्तावप्रति असहमति जनाउदै प्रमुख निर्वाचन आयुक्त यादवले सरकारलाई नेपालको भौगोलिक अवस्था, प्रदेश र संसदको चुनाव तथा संबैधानिक व्यवस्थालाई समेत ख्याल गर्न सुझाव दिएका थिए ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहितको टोलीले दोस्रो तहको निर्वाचनका लागि आयोगले गर्ने सम्पुर्ण तयारी पनि पुरा गरेको र गृहमन्त्रालयले समेत सुरक्षाको सम्पुर्ण व्यवस्था मिलाएको बिश्वास दिलाएको अवसथामा मिति सार्नु नहुने तर्क गरेका थिए । प्रतिउत्तरमा प्रधानमन्त्री देउवाले आयोगको तयारी र सम्भावित दुर्घटनाका सम्बन्धमा समेत आजै राजपासहित शीर्ष दलको बैठकमा कुरा राख्ने आश्वसन दिएका थिए । दोस्रो चरणको निर्वाचनका लागि असार २ गते उम्मेदवारको मनोनयनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । तर, संविधानप्रति असन्तुष्टि जनाउदै आएको मधेसकेन्द्रीत राजपाले आफ्ना माग संबोधन नभई असार १४ को निर्वाचन गर्न नहुने बताउदै आएको छ ।