जिल्ला प्रहरी कार्यालय बागलुङले दुई दिनको बीचमा ठूलो परिणाममा लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । दुई दिनको बीचमा ठूलो परिणाममा लागूऔषध बरामद गर्नुले बागलुङ जिल्लामा लागूऔषध प्रयोगकर्ताको भयावह अवस्था रहेको उजागार गरेको छ । लागूऔषधकै कारण केही साता अघि कालीगण्डकी नदिमा बेपत्ता भएको लेखानीका सुनिल पुनको शव बुधबार भेटिएको छ । प्रहरीले लागूऔषध सहित पक्राउ गर्ने क्रममा शौचालय जाने निहुँ बनाएर कालीगण्डकी नदिमा फाल हाल्दा उनी बेपत्ता भएका हुन् । उनीसंगै प्रहरीले दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । प्रहरीले उनीहरुबाट ट्याक्सीको गियरको डण्डीनेर लुकाई छिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाईट्राजेपान ट्याब्लेट ३ थान बरामत गरेको थियो । ट्याक्सीमा सवार ३ जनामध्ये २८ वर्षिय दिपेन्द्रभरत कार्की, चालक हेटौडाका २४ बर्षिय भिमसेन लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले दुई जनालाई पक्राउ गरेको दोस्रो दिन ठूलो परिणाममा भारतीय नागरिकलाई पक्राउ ग¥यो । दुई दिनअघि पक्राउ परेका दुई युवाले प्रयोग गरेको मोबाइल सन्देशका आधारमा भारतको महाराजगञ्च झिम्टी गाउँका १८ वर्षीया जितेन्द्र हरिजनलाई तिन सय एम्पुलसहित प्रहरीले पक्राउ ग¥यो । हरिजनको साथबाट लागूऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम २ पत्ता बरामद गरिएको छ । नियन्त्रणमा लिएका हरिजन र थप सञ्जालका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । हरिजन भारतबाट लागूऔषध ल्याई बागलुङ आसपासका क्षेत्रमा बेच्ने कार्यमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । दुई दिनको बीचमा लागूऔषध समातिएको घटनाले यसको कारोबारमा ठूलै गिरोह सक्रिय रहेको देखिन्छ । यसबारे प्रहरीले गहिरो अनुसन्धान गर्न जरुरी छ ।
पटक–पटक लागूऔषध बरामद गरिएको घटनाले बागलुङमा यसको संजाल भूसको आगो सल्कीएझै फैलिएको देखिन्छ । पछिल्लो समय बागलुङमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । कलिलो उमेर समूहका बढीजसो लागूऔषधको दलदलमा फसेको देखिन्छ । लागूऔषधको प्रयोगलाई रोक्न नसक्ने होभने भोलि बागलुङका युवाहरु यसको लतबाट छुटकारा नपाउने निश्चित छ । आफ्ना सन्तानलाई अभिभावकले गर्ने बढ्दो माया ममताका कारणले पनि किशोरहरु लागूऔषधको कुलतमा फसेको देखिन्छ । त्यसैले सबैभन्दा पहिले घरका अभिभावकले नै आफ्ना सन्ततीले देखाउने बानी व्यवहारप्रति सधै सचेत हुन जरुरी छ । लागूऔषधको घटनाले ज्यान समेत जोखिममा पार्ने हुँदा प्रहरीले यसको बारेमा व्यापक सचेतना फैलाउन जरुरी छ । समय समयमा विद्यालय तथा कलेजमा मात्र दुव्र्यसनबारे सचेतना मात्रै फैलाएर यसको रोकथाम गर्न सकिदैन । त्यसैले प्रहरी र नागरिकले सहकार्य गरी लागूऔषधि नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न जरुरी छ ।
Previous Articleगुणकारी अमलाका सात फाइदाहरु
Next Article २०७४ असार १ गते बिहीबारको राशिफल