काठमाडौँ, ३१ जेठ- धनीहरूको सूची सार्वजनिक गर्ने फोर्ब्स पत्रिकाले संसारमा सर्वाधिक कमाइ गर्ने शीर्ष सय सेलेब्रिटीहरूको नाम सोमवार सार्वजनिक गरेको छ ।
-याप गायक सीन ‘डिड्डी’ कोम्ब्स सूचीमा प्रथम स्थानमा छन् । गत वर्ष सूचीको २२औं स्थानमा रहेको सीनले यो वर्ष १३ करोड डलर कमाएका छन् । दोस्रो स्थानमा गायिका बियोन्से र तेस्रो स्थानमा बेलायती लेखिका जेके रोलिङ छन् । सूचीमा जम्मा १६ प्रतिशत महिलाहरू छन् । शीर्ष दशको कुरा गर्दा सांगीतिक क्षेत्रका ६, लेखक दुई र खेलाडी दुईजना समावेश छन् ।
शीर्ष दश यी हुन् :
१- सीन डिड्डी कोम्ब्स
२- बियोन्से नोलेस
३- जेके रोलिङ
४-ड्रेक
५- क्रिस्टियानो रोनाल्डो
६- द विकन्ड
७- हावर्ड स्टर्न
८- कोल्डप्ले
९- जेम्स प्याटरसन
१०- लेब्रोन जेम्स
बीबीसीबाट
Previous Article३० जेठ २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article यस वर्षको मनसुन सुरु, केही दिनमा देशैभर वर्षा हुने