बागलुङ, २० जेठ – धौलागिरीमा दोस्रोपटक कबिता कन्सर्ट भएको छ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको संयोजन एबं म्याग्दी साहित्य संचारको आयोजनामा तनुहँका कबि सुदेश सत्यालको सम्मानमा गरिएको कविता कन्सर्टको बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले कवि सत्यालको कवितावाचन गरेर उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले कला संस्कृति र साहित्यको संबद्र्धन संरक्षण गर्नका लागि यस्ताखाले कार्यक्रम महत्वपूर्ण हुने बताउदै पौडेलले कबि सत्यालले मन र मस्तिष्कको उच्चतम प्रयोग गरेर गाइएका कबिता अत्यन्त आर्कषक भएको बताए । उनले कला संस्कृति एबं साहित्यको जर्गेना गर्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए । सो अवसरमा कबि सत्यालले महिला हिंसा, बिदेशबाट फर्केर आउ, चमत्कार, दार्जलिङमा जाँदा, भुकम्प, नेपाल बन्द लगायतका ९ कबिता एक प्रणय भावका लेखिएको गजल छन्द एबं मीठो लयमा कबिता सुनाएका थिए । सो अवसरमा म्याग्दी साहित्य संचारका अध्यक्ष धु्रवराज शर्मा, म्याग्दी साहित्यिक पत्रिका बुलबुलका प्रधान सम्पादक चन्द्र बहादुर लामिछाने र पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको उदेश्यबारे म्याग्दी साहित्य संचारका कोषाध्यक्ष हिरा संघर्षले प्रकाश पारेका थिए । कबिता सन्सर्टबाट प्राप्त भएको रकममध्ये रु. ५ हजार मानव सेवा आश्रम बागलुङलाई प्रदान गरिएको छ । कार्यक्रम म्याग्दी साहित्य संचारका अध्यक्ष लोकनाथ भुषाल, घायल श्रीको अध्यक्षता, उपाध्यक्ष सन्दीप खत्रीको स्वागत मन्तब्य र सचिव सुशान्त परियारको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleजनचेतनामुलक कार्यक्रम
Next Article शिक्षा नियमावलीका विशेषता के–के छन् ?