देशमा लोकतन्त्र आएसंगै महिलालाई राजनीतिमा मात्रै होइन राज्यका उच्च तहमा प्राथमिकता दिन थालिएको छ । देशकै सर्वाेच्च निकाय सर्वाेच्च अदालतमा प्रधानन्यायधिश सुसिला कार्कीले समालेकी छिन् । राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन्भने सभामुखमा ओनसरी घर्ति । चुल्हो चौकोमा सिमित हुने महिला अहिले राजनीतिक दलको शिर्ष स्थानमा मात्रै छैनन् स्थानिय निकायमा पनि महिलाको सहभागिता सुनिश्चित गरिएको छ । राज्यका हरेक निकायमा महिलालाई प्राथमिकता दिन थालेपछि उनीहरुमा जागरण पैदा भएको छ । महिलाहरुले पनि समाज र देश विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
पछिल्लो समय महिललाई खेलकुद क्षेत्रमा पनि विशेष प्राथमिकता दिन थालिएको छ । महिलाहरुले खेलुकद क्षेत्रमा लागेर विश्वसामु देशको गरिमालाई उचो पार्ने काम भएको छ । नेपालमा महिला फुटबललाई राज्यले त्यति प्राथमिकता दिन सकेको छैन । तर, महिलाहरुले आफ्नो बुताले भ्याएसम्म फुटबलमा राम्रो प्रदर्शन गरेका छन् । महिला फुटबल प्रतियोगिता देशको राजधानी र ठूला सहरमा फाट्टफुट्ट रुपमा भएपनि व्यवसायिक रुपमा भने हुन सकेको छैन । फुटबल खेलेर जीवनयापन गर्न पुरुष खेलाडिहरु जसरी सक्षम बन्दै गएका महिलालाई पनि खेलेर बाँच्न सक्ने बनाउनको लागि फुटबलमा प्रेरित गर्नुपर्छ । महिलालाई फुटबलमा आर्कषित गर्नको लागि छिमेकी जिल्ला बेनीमा फुटबल प्रतियोगिता आयोजना गरिएको छ । जुन कार्य निकै नै प्रशंसनिय छ । यस्ता छात्रा प्रतियोगितालाई निरन्तरता दिने होभने मोफसलले राम्रा खेलाडि उत्पादन गर्न सक्छ ।
महिला फुटबल प्रतियोगिता आयोजना नहुँदा धेरै प्रतिभाहरु गुम्सीएर बसेका थिए । यस्ता प्रतियोगिताले प्रतिभाको पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । फुटबलमा महिलाको प्रतिभा प्रस्फुटन गराउने काम न्य वेष्ट प्वाइन्टले गरेको छ । वेष्ट प्वाईन्टको सिको गरेर अब महिला फुटबल प्रतियोगिताको आयोजना गर्नुपर्छ । बिद्यालय स्थापनाको २५ औं बर्ष, रजत जयन्ति वर्ष २०७४ को अबसरमा गरिएको शुभकार्यले महिला फुटबलको संभावनाको खोजी गरेको छ । जिल्लामा नै पहिलोपटक वेष्ट पोइन्टद्वारा छात्रा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । शिक्षा किताबी ज्ञान मात्रै नभएर खेलकुद र अन्य क्रियाकलापबाट विद्यार्थीको क्षमता प्रस्फुटन गर्न सकिन्छ भन्ने बुझेको वेष्ट प्वाइन्टलाई अन्य निकायले सहयोग गर्नुपर्छ । जिल्ला खेलकुद विकास समितिले गर्नुपर्ने काम एउटा निजी विद्यालयले गरेर देखाएको छ । यस्तो कार्यको सबैले प्रशंसा गर्दै अन्य जिल्लामा पनि महिला फुटबल प्रतियोगिता गर्नुपर्छ । महिलाले पनि अवसर पाए भने राम्रो काम गरेर देखाउन सक्छन् उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । ति उदाहरणलाई पछ्याउँदै सधै पुरुष फुटबल गर्ने परिपाटीको अन्य गरी महिलालाई फुटबल खेलमा अग्रसर गराउनु पर्छ ।