काठमाडौँ, १४ जेठ – काठमाडौँ महानगरपालिकाको मेयर पद नेकपा एमालेले बाजी मारेको छ । नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य निकतम प्रतिद्धन्द्धी कांग्रेसका राजुराज जोशीलाई २१,१०७ मतले पराजित गर्दै विजयी भएका हुन् । शाक्यले ६९,८५० र जोशीले ४८,७४१ मत प्राप्त गरेका छन ।
प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले गएराती नै मतगणना सकिएको जानकारी दिँदै उम्मेदवार नहुँदा आधिकारिक रुपमा विद्यासुन्दर शाक्यलाई विजेता घोषणा गर्न बाँकी छ । उनका अनुसार उम्मेदवार नहुँदा घोषणा गर्न ढिलाई भएको हो ।
मतगणनाको १४ दिनमा अन्तिम मतपरिणाम आएको हो । बैशाख ३१ गते भएको निर्वाचन अन्तर्गत काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभागृहमा जेठ १ गतेदेखि सुरु भएको थियो ।
काठमाडौं महानगरपालिकामा उदायो सूर्य, विजयी भए विद्यासुन्दर
Previous Articleप्रधानन्यायधिशको महाभियोग आज फिर्ता हुने
Next Article ग्यालेक्सी एस् ९ को तयारीमा सामसुङ