लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरको विमानबाट पाइलट र कोपाइलटको पनि जिवितै उद्दार गरिएको छ । स्थानीय र प्रहरीको प्रयासमा दुवैको उद्दार गरिएको हो । यसअघि विमानबाट एयर होस्टेस प्रज्ञा मानन्धरको उद्दार गरिएको थियो ।
कार्गो विमानमा तीन जना मात्रै थिए । उनीहरु तीनैको स्थानीय पासाङ ल्हामु अस्पतालमा उपचार भइरहेको छ । तीनमध्ये पाइलट पारस राईको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शी ङिमा शेर्पाले बताए ।
काठमाडौंबाट साढे १ बजे उडेको विमान लुक्ला विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा नपुगी डिलमा रहेको सल्लाको रुखमा ठोक्किएर १० मिटर तल खसेको थियो ।
दुर्घटनाग्रस्त विमानबाट तीनै जना जिवितै उद्दार
Previous Articleपुस्तकालयले विद्यार्थीको पठनस्तरमा सुधार
Next Article दुर्घटनाग्रस्त गोमा एयरका पाइलट राईको निधन