पोखरा,१२ जेठ – देशकै ठुलो महानगरपालिका पोखरा – लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जि सी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेशका रामजी कुँवरलाई १४ हजार ७ मतले पछाडी पादैं विजयी भएका हुन् । जि सीले ६० हजार ४ सय २३मत ल्याउँदा कुँवरले ४६ हजार ४ सय १६ मत ल्याए ।
महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भईन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेशकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याईन् । एक महानगरपालिका र ४ गाउँपालिका गरी ५ स्थानिय तह भएको कास्कीमा २ लाख २४ हजार ८ सय १३ मतदाता रहेकोमा जम्मा १ लाख ६८ हजार २ सय ८४ मत खसेको थियो । पोखरा लेखनाथ महानगरपालिकामा १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो । ३३ वडामा एमालेले २२ र कांग्रेसले ११ वडा जितेको छ ।
को हुन् जिसी ?
व्यक्तिगत विवरण :
नाम : मानबहादुर जिसी
बाबु : नरबहादुर जिसी
आमा : मानकुमारी जिसी
जन्म : २०१७ भाद्र १७ गते मंगलबार ( ५ सन्तान– ४ छोरा र १ छोरी मध्य जेठो सन्तानको रुपमा मध्यम वर्गीय किसान परिवारमा जन्म )
जन्म स्थान : साविक कालिका गाविस वडा नं.५ देउमाडी (हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८)
विवाह : २०३६ साल फागुन २७ गते पोखरा– १२ निवासी सुब्बा डम्बरबहादुर कार्कीको छोरी शिव कार्कीसँग विवाह ।
सन्तान : २ छोरी–मन्जु र अन्जु जिसी, १ छोरा अशोक जिसी
शिक्षा : १—३ कक्षा जनक प्रावि ओखले माझठाना,
४ कक्षा हिमालय प्रावि ठूलोस्वारा चितेपानी।
५—१० कक्षा श्री जनज्योति माध्यामिक विद्यालय झाझरमारे ।
२०३५ सालमा एसएलसी परीक्षा उर्तीण, श्री जनज्योति मावि झाझरमारे
बिएड सम्मको उच्च शिक्षा पृथ्वीनारायण क्याम्पस पोखरा ।
राजनीतिक जीवन :
२०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी प्रारम्भिक कमिटी संगठित ।
२०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष ।
२०४१ सालमा नेकपा(माले)को पार्टी सदस्यता प्राप्त ।
संगठित कमिटीहरु :
नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका कमिटी इलाका नं.४ कास्कीको सचिव, निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १ को सचिव,
०४९ सालमा— नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य,
२०५० सालमा— नेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कमिटी सदस्य ।
२०५३ सालमा— चांैथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १ कास्कीको सचिव ।
२०५४ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाचौ जिल्ला अधिवेशनवाट पुन : उपसचिव
२०५८ साल देखि २०६० साल सम्म २ वर्ष जिल्ला कमिटी कास्कीको सचिव (पार्टी प्रमुख) को जिम्मेवारी ।
पार्टीको आठौं जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित (२०६६—२०७० साल सम्म अध्यक्षको जिम्मेवारी)
पार्टीकोे हालको जिम्मेवारी :
नेकपा एमाले केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज
प्रदेश संगठन कमिटी प्रदेश नं. ४ को कार्यालय सचिव ।
संसदीय क्षेत्रमा :
२०४९ र २०५४ मा कास्की जिल्ला अन्तर्गत साविक कालिका गाविसको निर्वाचित अध्यक्ष ।
२०७० सालको दोस्रो संविधानसभामा कास्की निर्वाचन क्षेत्र नं.१ बाट (२७२) ले पराजित ।
गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य ।
शैक्षिक क्षेत्रको सेवामा :
२०३६ सालमा रत्नशोभा निमाविमा शिक्षक ।
२०४१ देखि २०४४ साल सम्म कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक ।
राजनीतिक नियुक्ति :
कास्की जिल्ला सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी (मात्र तीन महिना) ।
समाज सेवा र विकास निर्माण :
सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान र सेवा पु¥याउँदैं विशेष गरी कास्कीको क्षेत्र नं. १ मा खानेपानी, बाटो, पुल लगायतका विकाससँग जोडिएका योजना र निर्माण सम्बन्धी कार्यमा निरन्तर क्रियाशील विकासवादी नेताको रुपमा आफ्नो पहिचान दिन सफल ।
हिरासत :
देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गराउन २०६२/०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण ६२ दिन सम्म हिरासतमा रहेको ।
देशकै ठुलो महानगरपालिकाको मेयरमा एमालेका जिसी निर्वाचित
Previous Article‘सुन्दर नगर निर्माणको लागि व्याख्या हैन काम’
Next Article २०७४ जेठ १३ गते शनिबारको राशिफल