राजेशचन्द्र रा.भ. -साँच्चै सुचनाको हक भन्ने कुरा के रहेछ भन्ने कुरा अहिले भएको स्थानीय तहको निर्वाचनमा स्पष्ट भएको छ । साँच्चै भन्ने हो भने सुचना नै शक्ति हो तर त्यसलाई राम्रोसंग बुझ्न सक्यो भने तर अहिले पनि सुचना लाई आफ्नो मुठ्ठीमा कसरे राख्न चाहने महाशयहरू हाम्रो देशमा बिराजमान छन् भन्ने कुरा अहिले भएको निर्वाचनको मतगणनाको नतिजाको रिपोर्ट लिन निकै कठिनाई भएको कुरा नेपालको राष्ट्रिय मिडियाले समेत प्रसारण प्रकाशन गरिसकेको छ । किन संचारमाध्यमलाई सधै आफ्नो अनुकूल चलाउन चाहन्छन् देशका शासक प्रशासक जतिबेला उनीहरूलाई अप्ठ्यारो पर्छ । त्यो बेला सबै मिडियाले सहजिकरण गरिदिनु पर्ने, जब उसले भने जस्तो हुन्छ फेरि मिडियालाई तल्लो स्तरमा व्यवहार गर्ने प्रबृत्ति भने अहिले गणतन्त्रमा आईपुग्दा समेत कायमै छ ।
नेपालमा २०५४ सालमा स्थानीय निकायको निर्वाचन भएपछि अहिलेसम्म हुन नसकेको निर्वाचन अहिले नयाँ संघीय संरचना अनुसार बैशाख ३१ गते सम्पन्न भै सकेको छ । यसपटकको निर्वाचन हुने कि नहुने भन्ने चर्चा परिचर्चा बीच निर्वाचन भब्य रूपमा सम्पन्न भएको छ । यसलाई सबैले सकारात्मक रूपमा लिएका छन् । लोकतन्त्रमा चुनाव जित हार भन्ने अलग कुरा हो तर निर्वाचन भएको नतिजा सुन्ने सुनाउने कामको जिम्मेवारी सरकारको हो, संचार माध्यमको हो, मिडियामा काम गर्ने सबै जिम्मेवार पत्रकारहरूको हो भन्ने कुरामा कसैको दुई मत अबश्य छैन ।
तर अहिले पनि हाम्रो देशका शासक तथा प्रशासक संचार मैत्री हुन सकेका छैनन् भन्ने कुरा अहिले भएको गतिविधिबाट स्पष्ट हुन्छ । नेपालमा नयाँ संविधान घोषणा भएपछि नयाँ संरचना अनुसार ३ तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारसंग छ । २०७४ माघ ७ गतेसम्म निर्वाचन नभए अहिलेसम्म भएको सबै उपलब्धि खारेज हुने अबस्था भएको कुरा समेत सबैलाई थाहा छ तर पनि चुनावमा जाने हिम्मत कसैले पनि गरेको थिएन । अहिले प्रचण्ड सरकारले घोषणा गरेको निर्वाचन पनि बैशाख ३१ मा हुने कि नहुने भन्ने बारेमा ठूलो बहस छलफल नभएको भने हैन राजनीति ज्योतिषले समेत कुनैपनि हालतमा निर्वाचन हुन नसक्ने दाबी गर्दै आएका थिए । साँच्चै इमान्दार भएर भन्ने हो भने अहिले पहिलो चरणको निर्वाचनको वाताबरण बनाउने काम नेपालको मिडियाले गरेको हो भन्ने कुरा पनि अहिले शासक प्रशासकले राम्रोसंग बुझेका छन् तर पनि जब–जब मौका आउँछ तब–तब उसले फेरि आफ्नो असली रूप देखाउन पछि परेको छैन । अहिले बागलुङको सन्दर्भमा भन्नुपर्दा यसपटकको निर्वाचनको सुचना लिने सवालमा ४ वटा नगरपालिका ६ वटा गाउँपालिकाको निर्वाचनमा कुन राजनीतिक दलका उम्मेदवारले कति कति मत प्राप्त गरे भन्ने सुचना हामीले स्थानीय मिडियादेखि राष्ट्रिय संचार माध्यममा दिनुपर्ने हाम्रो दायित्व भएको कारण पनि सुचना लिनुपर्ने बाध्यता छदै थियो । साँच्चै भन्नुपर्दा बागलुङ सदरमुकाम निर्वाचन अधिकृतको कार्यालयबाट लिन निकै मुश्किल भएको कुरा सारा दुनियाँ सामु छर्लङ्ग छ । तर अन्य क्षेत्रबाट भने एक कल फोन गरेको भरमा सुचना पाइयो । यसलाई फेरि सकारात्मक रूपमा लिनुपर्छ । बागलुङ तारा गाउँपालिकाको निर्वाचन गराउन जानुभएका निर्वाचन अधिकृत देबी सुवेदी, जैमुनी केन्द्रका बिष्णुप्रसाद सुवेदी, सुबास कुमार लामिछाने लगायतका निर्वाचन अधिकृतलाई धेरै धेरै धन्यवादका पात्र मान्न सकिन्छ । तर हामी सुबिधाजन्य ठाउँमा भएपनि सुचना पाउन एउटा युद्ध जिते जस्तो थियोे ।
बागलुङमा निर्वाचन भएको दिन रिपोर्टिङ गर्न जाँदा बागलुङ नगरपालिकाको वडा नम्बर १ को निर्वाचनमा निर्वाचन अधिकारीको जिम्मेवारी लिएर बसेका भबन डिभिजन कार्यालयका प्रमुख प्रकाश अर्यालले पत्रकार भाइ अनिस खातीलाई दुव्र्यवहार गर्न पछि परेनन् भने मलाई पनि निर्वाचन स्थलबाट बाहिर पठाएर आफ्नो बहादुरी प्रर्दशन गरेका थिए । साँच्चै भन्ने होभने त्यहाँ चोर डाँकाको प्रबेश भए जस्तो व्यवहार गरेर मण्डलले चरित्र प्रर्दशन गरेको कुरा पनि अहिले भन्न बाध्य भएको छु । साँच्चै उनले गरेको ब्यबहार देखेपछि त्यहाँ मलाई कुनै टिप्पणी गर्न मन लागेन । मसंग प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बनाइ दिनुभएको परिचय–पत्र पनि थियोे तर निर्वाचनको शान्ति पुर्ण रिपोर्टिङ गर्नुपर्छ भन्ने मान्यतालाई आत्मासाथ गरेर त्यहाँ बहस गर्न आबश्यक ठानिन । सायद उनी पहिलो पटक निर्वाचन गराउने जिम्मेवारी पाएको हुनाले पनि घमण्ड बढेको हुनुपर्छ भन्ने ठानेर बागलुङको प्रायः सबै मतदान केन्द्रमा पुग्यौं । तर सबै ठाउँमा सहजै निर्वाचन गतिविधिको रिपोर्टिङ गर्न सहजै पाईयो । सबैभन्दा बिडम्बना बागलुङका निर्वाचन अधिकृतकै कारण ब्यबहारले म निर्वाचनको मत गणनाभरी जिल्ला विकास समितिको हलमा जान आबश्यक ठानिन् । तर पनि कुनै पनि मत गणनाको रिपोर्टिङ गर्न म पछि भने परिन किनभने मैले पनि सुचना युग भनेको सुचना र संचारको युग हो । अहिले पलपलको सुचना संसारभरि छरिएर रहेका सबै स्वदेशी तथा बिदेशीले खोजिरहेका छन् तर अहिले पनि हाम्रो देशमा सुचना पाउन निकै मुश्किल छ । यस्तो अबस्थामा पनि सुचना दिनुपर्ने बाध्यता मिडियाको छ । हामी संचारकर्मि भएको नाताले पनि हामीसंग सबैले सहि सुचना खोजिरहेका हुन्छन् । त्यो स्वभाबिक पनि हो तर हामीलाई सुचना दिने निकायका प्रमुख सुचनामैत्री नभएको भने पक्का हो । हामी संचारकर्मिलाई सुचना दिने भनेको ठुलो बस्तु दान दिनु हो भन्ने प्रबृत्ति हाबी भएको कारण पनि अहिले यो कुरा लेख्न बाध्य भएको हो ।
फेरि भोलिका दिनमा पनि अझै दुई तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अबस्था छ । साँच्चै संचारमाध्यमको सहयोग सद्भाव नभए अबश्य पनि भोलिका दिनमा काम गर्न सजिलो छैन । त्यो कुरा बुझ्दा हुन्छ, हामी कुनै सरकारी सेवा सुबिधा खाएर काम गर्ने निकाय पनि हैन । अहिले भएको निर्वाचनमा थुप्रै आचार संहिता उल्लंघनका घटना घटे पनि मिडियाले नउचालेकै हो । यसलाई मिडियाको कमजोरी ठान्ने होभने त्यो बुझाई गलत साबित हुनेछ । अहिलेका कमीकमजोरीलाई सच्चाई भोलिका दिनमा सुचनामैत्री बनाउन सके यसले सकारात्मक प्रभाव पार्ने छ ।
Previous Articleबागलुङका जनप्रतिनिधिहरुमा सहकारीकर्मीको बाहुल्यता
Next Article निर्वाचन र समृद्विको यात्रा