बाग्लुङ, ३ जेठ-गलकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा गैरे निर्वाचित भएका छन् । ५ हजार ८ सय १४ मत प्राप्त गर्दै गैरे मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी टंक केसीले ३ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि कांग्रेसकै रेणुका काउचा विजयी भएकी छिन् । उनले ६ हजार ९९ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्ना भण्डारीले ३ हजार ३ सय ५४ मत ल्याएकी छिन् ।
माओवादी केन्द्रका मेयर पदका उम्मेदवार फमलाल न्यूरेले २ हजार ७ सय ४० र उमपेयरका उम्मेदवार ललिता थापाले २ हजार ८ सय ६० मत प्राप्त गरेका छन् ।
११ वटा वडा भएको गलकोट नगरपालिकामा वडा नम्बर २,३,४,५,८,९ र १० मा कांग्रेसको प्यानल नै विजयी भएको छ । यस्तै, वडा नम्बर १ र ११ मा राष्ट्रिय जनमोर्चा र एमाले गठबन्धनको प्यानलले जितेको छ भने वडा नम्बर ६ र ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।