छबिलाल पाण्डे
बुर्तिबाङ, ३ जेठ
निसि गाँउ पालीकामा राति अबेर सकिएको मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसको तर्फदेखि तारानाथ पौडेल र उपप्रमुखमा काँग्रेसकै सोभा कार्कि बिजयी हुनुभएको छ । पौडेललेउहाँले निकटम प्रतिद्धन्दि माओबादि केन्द्रका पे्रम घर्तिलाई पछाडि पार्दे २७३७ मत लीएर बिजयी हुनुभएको हो । उहाँले ६ सय ९९ मत अन्तरले बिजयी हुनुभएको छ । माओबादि केन्द्रका प्रेम घर्तिको २०३८ मत खसेको थियो । राष्ट्रिय जनमोर्चाको खिम बिक्रम शाहिको १६६३ मत खसेको थियो । उपप्रमुखमा नेपाली काँग्रेसकि सोभा कार्किको जित भएको छ ।
त्यस्तै वडा नँ ६ मा नेपाली काँग्रेसले जितेको छ ।वडा अध्यक्ष पदका उमेद्वार सुर्य बहादुर घर्तिले ४७८, मत सहित काँग्रेसकै सदस्यहरु महिला सदस्य ४८०, दलित महिला सदस्य ४७५, पुरुष सदस्य ४७८,पुरुष सदस्य ४८३, मत सहित जित हासिल गरेको हो ।
स्वतन्त्र उमेद्वार प्रकाश कुवँरको गाँउ पालीका प्रमुखमा जम्मा ५ सय ६९ मत खसेको छ ।
वडा नँ ७ मा वडा अध्यक्ष सहित सिँगो स्वतन्त्र प्यानल बिजयी भएको छ । जसमा वडा नँ ७ मा अध्यक्षमा नहकुल कुवँरले स्वतन्त्र उमेदवारी दिएसँगै ४१३ मत लिएर बिजयी भएका छन् । सदस्यहरुमा स्वतन्त्र उमेद्वारका क्रमश महिला सदस्य ३८४,दलीत महिला सदस्य ३७३, पुरुष सदस्य ३४९, पुरुष सदस्य ३५५ मत प्राप्त गरी जित हासिल गरेको हो ।